Friday, September 8, 2017

भर्जिनियाका गभर्नर टेरी द्वारा भर्जिनियामा आपतकालीन स्थितिको घोषणा

 

सेप्टेम्बर ८ ,भर्जिनियाका गभर्नर टेरी मकलिफ द्वारा भर्जिनियालाई आपतकालीन स्थितिको घोषणा गरेका छन् l उनले आउदै गरेको इर्मा नामक आँधी बेहरी लाई राम्रो संग तयार हुन् र प्रभावित अन्य राज्यलाई समेत सहायता गर्ने उद्देस्यले उनले आज सेप्टेम्बर ८ तारिख उक्त घोषणा गरेका हुन् l

इर्मा नामक आँधी बेहरीको प्रभाव उत्तरी क्यारीबियन मा व्यापक क्षति गर्नुको साथै कम्तिमा १० जना को मृत्यु को साथै हजारौ घरबार बिहिन भएका छन् l तहस नहस भएकोले विनासकारी आंधीले फ्लोरिडालाई ठुलो प्रभाव पर्ने अनुमान गरिएको छ l

गभर्नर ले आधिकारिक रुपमा आज सेप्टम्बर 8 तारिख शुक्रबार बक्तव्य प्रकाशित गर्दै भर्जिनिया राज्यको साधन श्रोत परिचालन गर्न भर्जिनियाको राष्ट्रिय सुरक्षा समेत लाई अनुमति दिएका छन् l

बक्तव्य जारी गरेता पनि आंधी इर्मा को मार्ग भने अझ पनि अनिश्चित रहेको भनि उल्लेख गरेको छ l उक्त बक्तब्यमा भर्जिनिया मा यसको प्रभाव महत्वपुर्ण हुन् सक्ने र देखिने सम्भावना रहेको छ l उक्त वक्तब्यमा सम्पूर्ण राज्य सम्भावित बाढी ,उच्च आंधी हुरी तथा तुफान लहर को लागि तयार हुन् पर्छ भने उल्लेख गरेको एपीले समाचार लेखेको छ l

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...