Tuesday, September 19, 2017

एनआरएन अमेरिकाको सपथ ग्रहण सकिन नपाउदै प्रतिनिधि छनौट बिषयलाई लिएर मतभेद को झिल्को सुरु

एनआरएन अमेरिकाको नव निर्वाचित पदाधिकारीको सपथ ग्रहण सेप्टेम्बर १६ मा सम्पन्न भए पछि लगतै सेप्टेम्बर १७ तारिख समितिको पहिलो बैठकले गरेको निर्णयको बिषयलाई लिएर मतभेद को झिल्को देखिन थालेको छ l

मुलत आगामी अक्टोबरमा हुने एनआरएनए को बिश्व सम्मेलनमा सहभागी हुने प्रतिनिधि छनौटका लागि गठित समितिमा अध्यक्ष केशव पौडेलले थप गर्ने निर्णय गरे पछि विवाद हुन् पुगेको छ l ७ सदस्यीय छनौट समिति गठन गरेकोमा अध्यक्ष पौडेलले बिधुतिय डाक (ईमेल ) मार्फत दुई जना लाई थप गरे पछि विवाद उत्पन्न भएको छ l

“फिजिकल बैठकले गरेको निर्णयलाइ परिवर्तन गरि वितण्डा मच्चाउने काम एनआरएन अमेरिकाको नेतृत्व तहबाट नै हुन गएको विषयले चाहिं म लगायतका साथीहरुलाइ अत्यन्त दुखि र आक्रोशित बनाएको छ l बिश्व सम्मेलनको लागि प्रतिनिधि छनोट समिति गठन गर्ने सम्वन्धमा फिजिकल बैठकले ७ सदस्यहरु भएको कमिटि निर्माण गरिसकेको विषयलाइ नजरअन्दाज गर्दै बैठकले गरेको निर्णयमा युबा लागायतका क्षेत्रको प्रतिनितित्व नभएको भनि ब्यापक जन गुनासो आएको भन्ने बनावटी कुरा गर्दै मनोमानी ढंगले २ जना सदस्य थपेर इमेलमा निर्णयार्थ प्रस्तुत गर्ने काम गरियो l ”

एनआरएन एनसिसी, अमेरिका का ने निर्वाचित बोर्ड अफ डाइरेक्टर संजय थापा ले यस्को भण्डाफोर गर्दै यसमा आफु लागि पर्ने जनाएका छन् l

छापा बिज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै :

प्रेश विज्ञप्ती

अमेरिकावासी दाजु भाइ दिदि बहिनीहरु

हार्दिक अभिवादन

सर्वप्रथम भर्खरै सम्पन्न एनआरएन एनसीसीको निर्वाचनमा विजय गराएर यहाँहरुले देखाउनु भएको विश्वासको निम्ती हार्दिक कृतज्ञता व्यक्त गर्दछु l एनआरएनलाइ प्रवासी नेपालीहरुको साझा र सम्मानित संस्था बनाउन आफ्नो ठाउँबाट सकेको कोशिस गर्ने प्रतिवद्धता म सदैव स्मरण गरिरहने छु l सवैको साझा र सम्मानित सँस्था बनाउने विषय भनेको कुनै अमुर्त विषय नभएर सँस्थाले लिने निर्णय र गर्ने कामहरु मार्फत झल्काउनु पर्ने छ भन्ने पनि बुझेको छु l त्यसो भएको हुनाले एनआरएन अमेरिकाले लिने हरेक निर्णय प्रक्रियासम्मत हुनुपर्छ , पारदर्शी र सकारात्मकता उन्मुख हुनुपर्छ भन्नेमा मेरो खवरदारी सदैव रहनेछ l राम्रो काम गर्ने तर प्रक्रिया नपुर्याउने अथवा प्रक्रिया पुर्याउने तर राम्रो काम नगर्ने कुराले हाम्रा सपनाहरुलाइ मुर्त रुप दिन सक्दैनन भन्ने सत्यलाइ सदैव मनन गर्दै आएको छु , र गर्दै जानेछु l

त्यही प्रतिवद्धतालाइ स्मरण गर्दै एनआरएन एनसिसीको भर्खरै सम्पन्न बैठकमा पनि संस्थालाइ वलियो बनाउन पर्ने , विधि प्रक्रिया अनुसार संस्थाका निर्णय र कार्यक्रमहरु निर्देशित हुनुपर्ने कुरा म लगायत धेरै साथीहरुले राखेका थियौं , र बिभिन्न विषयहरुमा छलफल गर्दै हामीले निर्णयहरु लिएका थियौं l संस्थागत बैठक र छलफलहरु मार्फत भएका निर्णय आफुलाइ चित्त बुझेपनि नबुझेपनि मान्नु हाम्रो धर्म हो भन्ने सत्यको अनुशरण गर्दै निर्णयहरुको कार्यान्वयनमा जुटदै रहंदा एनआरएन अमेरिकालाइ जस्केलाबाट संचालन गर्न खोज्नेहरुको प्रभावमा परेर फिजिकल बैठकले गरेको निर्णयलाइ परिवर्तन गरि वितण्डा मच्चाउने काम एनआरएन अमेरिकाको नेतृत्व तहबाट नै हुन गएको विषयले चाहिं म लगायतका साथीहरुलाइ अत्यन्त दुखि र आक्रोशित बनाएको छ l

बिश्व सम्मेलनको लागि प्रतिनिधि छनोट समिति गठन गर्ने सम्वन्धमा फिजिकल बैठकले ७ सदस्यहरु भएको कमिटि निर्माण गरिसकेको विषयलाइ नजरअन्दाज गर्दै बैठकले गरेको निर्णयमा युबा लागायतका क्षेत्रको प्रतिनितित्व नभएको भनि ब्यापक जन गुनासो आएको भन्ने बनावटी कुरा गर्दै मनोमानी ढंगले २ जना सदस्य थपेर इमेलमा निर्णयार्थ प्रस्तुत गर्ने काम गरियो l उक्त समितीमा को व्यक्ती परे वा परेनन भन्ने ठुलो कुरो हैन तर संस्थागत निर्णय भनेको छलफल मार्फत ,विधि र प्रक्रिया मार्फत हुनुपर्नेमा किन सदस्यहरु थप्ने , थप्दा के मापदण्ड बनाएर थप्ने भन्ने समेतका विषयमा वोर्डका सदस्यहरुले आफ्नो मत राख्न नपाउने जुन परिपाटीको थालनी गर्न खोजिएको छ , त्यो निन्दनीय छ र यसको जनस्तरबाट समेत भण्डाफोर हुनुपर्छ l

फिजिकल बैठकले गरेको निर्णयलाइ परिवर्तन गर्दै इमेल मार्फत सहमति जनाउन दवाव दिएर नया निर्णय गर्ने जुन काम भएको छ त्यसले स्थापित विधि र प्रक्रियाको हुर्मत लिने काम गरेको छ l विधि र प्रक्रियाको पक्षमा आवाज उठाउँदै यस्ता खालका कामहरु नहोस भन्ने कुरामा खवरदारी गर्नु हुन समस्त सवैलाइ अनुरोध गर्दछु l

संजय थापा
बोर्ड अफ डाइरेक्टर
एनआरएन एनसिसी, अमेरिका
मिति :- १९ सेप्टेम्बर २०१७

संयोजक;- वरिष्ट उपाध्यक्ष सुनिल शाह
सदस्य :- उपाध्यक्ष राधा पौडेल
सदस्य :- महासचिव वि आर लामा
सदस्य :- सदस्य प्रितिसागर खत्री
सदस्य :- सदस्य विष्णु शाहा
सदस्य :- साधारण सदस्य गौरी जोसी
सदस्य :- साधारण सदस्य पासागं शेर्पा

वोर्ड वैठकवाट यति ७ जना निर्णय भएको हो
र पछि ईमेलवाट थपेर राय मागेको नाम

सदस्य :- सदस्य स्वराज खाती
सदस्य :- साधारण सदस्य प्रमोद सिटौला

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...