Tuesday, September 19, 2017

कवि लक्ष्मी श्रेष्ठको पहिलो कविता संग्रह “ढुकढुकीमा सुन्दरीजल” को लोकार्पण

न्यूयोर्क । सेप्टेम्बर १९, २०१७ मंगलवार । अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा कवि लक्ष्मी श्रेष्ठको पहिलो कविता संग्रह “ढुकढुकीमा सुन्दरीजल” को लोकार्पण गत सेप्टेम्बर १०, २०१७ आईतबारका दिन एक विशेष कार्यक्रम गरी सम्पन्न भयो ।

न्यूयोर्कका स्थानीय साहित्यकर्मी; साहित्य अनुरागी; कलाकार; समाजका बिभिन्न व्यक्ति व्यक्तित्वहरुको उल्लेख्य उपस्थितीमा सम्पन्न सो लोकार्पण कार्यक्रममा प्रमुख अतिथि नेपाली कन्सुलेट न्यूयोर्कका महावाणिज्यदुत मधु कुमार मरासिनी, साहित्यकार गीता खत्री, आनन्द श्रेष्ठ लगायतले कविता संग्रहका सर्जक लक्ष्मी श्रेष्ठलाई बधाई शुभकामना दिनु भएको थियो ।

उक्त अवसरमा अमेरिकी राष्ट्रगान गाउनु हुने किशोर प्रतिभा मिली श्रेष्ठलाई उहांको प्रतिभा र सहयोगी भावनाको कदर गर्दै साहित्य अनुरागी तथा अनेसास न्युयोर्क च्याप्टरकी आजीवन सदस्य बेदा आचार्यले पुरस्कार प्रदान गर्नुभयो भने समाजसेवी डा. बिष्णुमाया परियारले मिली श्रेष्ठले नेपाली समुदायमा गरेको योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गर्नु भयो ।

सो कार्यक्रमका सभापति तथा अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले साहित्यकार ब्याकुल पाठक तथा नेपाल तारा विजेयता गायक दिपक लिम्बुलाई फूलको गुच्छा र खादा लगाएर स्वागत र सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय उपाध्यक्ष राम खत्री तथा बाणिज्यदुत एवं कवि कृसु क्षेत्रीले लोकार्पित कृतिको समिक्षा गर्नु भएको थियो । सो अवसरमा कलाकार तथा साहित्यकारद्वय नदिया लिबाड्० र संगीता उप्रेतीले संग्रहमा भएका दुईवटा कविता वाचन गरेर सुनाउनु भएको थियो ।

उक्त कार्यक्रमको संचालन अनेसास न्यूयोर्क च्याप्टरका महासचिव साहित्यकार शकुन ज्ञवालीले गर्नु भएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...