Wednesday, September 13, 2017

गायक आशिष गौतम “सचिन” र गायिका एन्जिला रेग्मीको मेरो हरपल सार्बजानिक (भिडियो सहित)

 

 

काठमाडौँ :   सुमधुर आवाजका धनि गायक आशिष गौतम “सचिन” मोफसलमा बसेर गित संगीतमा सक्रिय रही नेपाली सांगीतिक क्षेत्रलाइ केहि गरु भन्नेअभिप्रायको साथमा अगाडी बढी रहेका छन l भर्खरै मात्र”मेरो हरपल तिमि” बोलको गित रेकर्ड गराई म्युजिक भिडियो समेत नेपाली सांगीतिक बजारमालिएर आएका  गायक आशिष गौतम “सचिन” भविष्यमा नेपाली संगीत क्षेत्रमा नया र फरक ढंग बाट प्रस्तुत हुन लागि परेका एक गायक तथा श्रष्टा हुन् l  अहिले उनि   गायिका एन्जिला रेग्मीको साथमा “मेरो हरपल तिमि मनको हलचल तिमि” भन्दै सांगीतिक बजारमा छाएका छन l

 सानै देखि गित संगीतमा रुचि राख्ने उनि पेशाले एक ब्यबसायी भएका हुनl नृत्य निर्देशक हुदै एक सौन्दर्य प्रतियोगितामा टप टेनमा समेत पर्न सफल भएकासचिन अहिले चाइना र हङकङमा बसेर आफ्नो ब्यबसाय गर्दै आएका fछन l आफ्नो ब्यबसाय संगै सांगीतिक क्षेत्रमा केहि गरु भन्ने उदेश्यका साथमा रनेपाली गित संगीतलाई नेपालमा मात्र नभएर विदेशमा समेत चिनाउन लागि परेका गायक आशिष गौतम “सचिन” भविष्यमा एक सफल गायक बन्न चाहन्छन l

“मेरो हरपल तिमि मनको हलचल तिमि” को गीतमा शब्द तथा संगीत भिम बिसीको रहेको छ भने यस गितको म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यलेगरेका छन l मोडल आकाश श्रेष्ठ र मरिस्का पोखरेलको अभिनय रहेको म्युजिक भिडियोलाइ विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ l

भिडियो हेर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...