Wednesday, September 13, 2017

नेजाद्धारा अमेरिका नेपाल समाज-एएनएस उम्मेदवारहरुसंग सामुदायिक अन्तरक्रिया

अमेरिका कै सवै भन्दा पुरानो तथा यस डिसीमेट्रो क्षेत्रमा रहेको अमेरिका नेपाल समाज (एएनएस) को चुनावी अधिवेशन यही अक्टोवर ८ तारिकमा मेरिल्याण्ड स्थित पशुपति बुद्ध मन्दिरमा हुन गइरहेको यहांहरुमा विदितै छ ।

यसै सन्दर्भमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले एएनएसका पदाधिकारीहरु, नोमिनेसन गरिसकेका अध्यक्ष पदका उम्मेदवारहरु तथा मुख्य पदाधिकारीहरु र यसका मतदाताहरु, शुभचिन्तक एवं सरोकारवालाहरुवीचमा निम्न स्थान, मिति, स्थान र समयमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाहरु र संस्थामा काम गर्ने व्यक्तिहरु समाज र संस्थाप्रति उत्तरदायी र कर्तब्यनिष्ठ हुनु पर्दछ भन्ने वहस र चर्चा समाजमा चलिरहेको सन्दर्भमा गर्न लागिएको यो अन्तरक्रियामा भावी उम्मेदवारहरुबाटसंग घनिभूत संबाद हुनेछ । यस रोचक र बस्तुपरक सभामा उपस्थित हुनुहुन सवै उम्मेदवारहरु, मतदाताहरु, एएनएसका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु, डिसी मेट्रो क्षेत्रस्थित विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरु, पत्रकार साथीहरु र एएनएससंग सरोकार राख्नुहुने जो कोहीलाई पनि नेजा हार्दिक अनुरोध गर्दछ । कार्यक्रमको मोडरेट नेजाले गर्नेछ साथै तटस्थता र निश्पक्षतालाई पूर्णतः अवलम्बन गरिने छ । विशेषतः एएनएसका अध्यक्ष उम्मेदवारहरुसंग आफ्नो प्रत्यक्ष जिज्ञासा राखेर उहांहरुका आफ्ना भावी योजनाहरु के कस्ता छन् बुझ्ने र सल्लाह सुझाव दिने यस अवसरको सदुपयोग गर्न समयमै उपस्थित हुनुहुन पनि अनुरोध गरिन्छ ।

भवदीय
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
सम्पर्कः Guna Raj Luitel–703-720-0360

 

Date: Sep 23, 2017 Saturday
Time: 11.30 AM Sharp
Venue: Herndon Fortnightly Library (Meeting Room 2)
Address: 768 Center St, Herndon, VA 20170 (Free Parking: Municipal Garage next to the Library)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...