Thursday, September 14, 2017

“त्रिलोक” यम कुमार गुरुङ द्वारा एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा

काठमाडौँ : नेपालको लागि नेपालि भन्ने मूल मान्यता सहित अगाडी बढेको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को विश्व सम्मेलन नजिकिदै गरेको परिस्थितिमा हङकङ निबासी बरिष्ट समाजसेवी यम कुमार गुरुङ “त्रिलोक” ले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् l गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बिशुद्द नेपाल र नेपालिको लागि हुनु पर्छ र यस सस्थालाई राजनीति हस्तक्षेप बाट टाडा राखेर सामाजिक दायित्वमा लगाउनु पर्छ भनेर लागि परेका गुरुङ अहिले एनआरएनए आइसीसीमा महासचिवको बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् l उनी भन्छन– ‘संस्थागत रुपमा एनआरएनए अभियान अघि बढाउन हामीले निकै ठूलो प्रत्यन पनि गरेका छौं तर हामीले अझ निकै गर्न बाँकी छ यसैका लागि अझ सक्रिय भएर लाग्ननै मैले महासचिवमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

प्रबासी नेपालिहरुको समस्या र समाधानमा सदैब अबिभाबकको भूमिका निर्बाह गर्दै एनआरएनएहरुको समस्याहरुमा लड्दै उनीहरुलाई उचित न्याय दिन तत्पर रही एनआरएनएको सस्थागत विकास लागि आफुलाइ एक सक्षम र योग्य उमेद्वारीको रुमा प्रस्तुत गर्दै र विशेषत बैदेशिक रोजगारमा रहेका नेपालीका विकराल समस्याहरुको समाधानमा आफ्नो विशेष पहल हुने र नेपालमा बैदेशिक लगानी भित्राउन तथा एनआरएनएलाई संस्थागत गर्न लागि पर्ने लगायतका प्रतिबद्धहरु सहित उनले महासचिब पदमा उम्मेदवारी दिएका हुन । मुलुक विषम परिस्थितिमा गुज्रीरहेको अबस्थामा, मुलुक पिडाले रुएको बेला, छटपटाको बेला, नेपालि जनताहरु सहयोग खोजि रहेको बेला हर समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका महासचिब पदका प्रत्यासी यम कुमार गुरुङ “त्रिलोक” अहिले सबै गैर आवासीय नेपालीहरुको रोजाइमा परेका चर्चित व्यक्तित्वको रुपमा परिचित छन l मिलनसार, इमान्दार तथा सधै आफ्नो काम प्रति निष्ठाबान रहेर सबैको गैर आवासीय नेपाली र जन्मभूमि नेपालको हकहितमा लडिरहने एनआरएनएका सक्रिय बरिष्ट समाजसेवी त्रिलोक गुरुङ गैर आवासीय नेपालीहरु बीच चर्चामा रहेका पात्र हुन l जब जब मुलुकलाइ संकट पिडा पर्छ त्यस समय सदैब पिडित समक्ष पुगेर उनीहरुको पीडालाई राहत प्रदान गरि उनीहरुको घाउमा मलम लगाउन सक्षम गुरुङ नेपालमा बैदेशिक लगानी भित्राएर नेपालको आर्थिक बृदिदर बडाउन र नेपाललाई विश्व सामु अझ थप चिनाउन प्रयत्नरत व्यक्तिको रुपमा परिचित छन l गोरखाको लाप्राकमा नमूना वस्ती निर्माण सहयोग देखि एन आर एन ए भबन निर्माणमा सक्रिय रहेका गुरुङ हालै तराईमा बाढी प्रभावितलाई राहत वितरणमा पनि एनआरएनए टोलीमा संलग्न रहेका थिए। त्यसका अलावा उनले नेपाल नेपालिको सयोगार्थ धेरै उदारणीय कार्य गरेर सबैको मनमा बस्न सफल भएका छन् l

एनआरएनए हङकङले बुधबार हङकङको जोर्डनस्थित साङ्ग्रिला रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा गुरुङको उम्मेदवारी घोषणा गरेको हो। दशैँपछि असोज २८–३१ (अक्टोबर १४–१७) मा काठमाडौँमा एनआरएनएको विश्व सम्मेलन आयोजना हुने भएको छ भने जसले अर्को दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

गोर्खा एकता इन्टरनेशनल ग्रुप मार्फत् हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका यम कुमार (त्रिलोक) गुरुङ गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन् । एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष भए पछि उनी एक कार्यकाल एसिया प्यासिफिकको संयोजक समेत रहीसकेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...