Sunday, September 24, 2017

प्रधानमन्त्री देउवा लाइ गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको ज्ञापनपत्र

सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री कार्यालय,
संहदरबार काठमाडौँ, नेपाल

बिषयः गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको ज्ञापनपत्र।
महोदय,
उपरोक्त बिषयमा, सर्बप्रथम गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका सम्माननीय प्रधानमन्त्रि ज्यूलाई संयूक्तराज्य अमेरिकामा स्वागत गर्न पाउँदा अत्यान्त हर्ष प्रकट गर्दछ। सम्माननीय प्रधानमन्त्री ज्यूको यस भ्रमणले नेपाल र संयुक्त राष्ट्र संघ बिचको द्वैत सम्बन्ध अझ बढि प्रबल र सबल हुने कुरामा हामी बिस्वस्थ छौ। यसका अलावा सम्माननीय प्रधानमन्त्री ज्यूको यस भ्रमणले अमेरिका बासी नेपालीहरुको समस्या समाधानको लागि समेत टेवा पुग्ने छ भन्ने बिषयमा पनि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका बिस्वास राख्दै तपसिलका बुँदाहरुमा सम्माननीय प्रधानमन्त्री ज्यूको ध्यानाकर्षणको लागि यो ज्ञापन पत्र पेश गरिएकोछ।

तपसिल

१. गैर आवासिय नेपाली नागरिकताको ब्यवस्था नेपालको संबिधानमा उल्लेख गरि गैर आवासिय नेपालीहरु प्रति नेपालले गरेको सम्मानको गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका उच्च सम्मान गर्दछ। संबिधानमा व्यवस्था भएको यो धाराको कार्यान्वयनको लागि यथाशिघ्र ऐन कानून बनाउनको लागि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछ।

२. अमेरिका बासी नेपालीहरुको नेपालमा लगानी प्रवर्धन गर्नको लागि दोहोरो कर प्रणालि बाधक भएको र दोहोरो कर प्रणालि हटाउन सके नेपाल र अमेरिका बासि नेपाली दुवै पक्षलाई फाइदा हुने निष्कर्षका साथ् दोहोरो कर प्रणालि समाप्तिको लागि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले शुरु गरेको प्रक्रिया हाल मन्त्रालयमा गएर रोकिएको व्यहोरा सम्माननीय प्रधानमंत्री ज्यू समक्ष अवगत गर्दै, अबिलम्ब यसको प्रक्रिया अगाडी बढाउने व्यवस्थाको लागि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका सम्माननीय प्रधानमंत्री ज्यू संग अनुरोध गर्दछ।

३. संयूक्तराज्य अमेरिकाको भौगोलिक बनावटका कारण नेपाल सरकार संग सम्बन्धित कामकाजको लागि भैरहेको मौजुदा असुविधालाई मध्यनजर गरि नेपालीहरुको घना बस्ति भएको अमेरिकाको टेक्सास लगायतका शहरहरुमा बाणिज्य दूतावास स्थापनाको लागि सम्बन्धित निकायमा आवाश्यक कार्यबाहीको निर्देशानार्थ प्रधानमन्त्री ज्यू समक्ष गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका बिनम्र अनुरोध गर्दछ।

४. राष्ट्रको उत्पादन मूलक जनशक्तिको अधिकतम संख्या बिदेशमा रहेको आजको यो सन्दर्भमा आप्रबासी नेपाली नागरिकले प्रबास बाटै मतदान गर्न पाउनु पर्छ भन्ने ठहर गर्दै गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका आप्रबासी नेपालीको मताधिकारको सुनिश्चितताको लागि सम्माननीय प्रधानमंत्री समक्ष अनुरोध गर्दछ।

अन्तमा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका सम्माननीय प्रधानमन्त्रि ज्यूको अमेरिका भ्रमण फलदायी र सफल रहोस भन्ने शुभेक्षा प्रकट गर्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...