अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प को यात्रा प्रतिबन्धको म्याद आज आइतबार देखि सकिने हुनाले नयाँ प्रतिबन्ध गर्ने घोषणा गरेका छन् l ६ वटा राष्ट्रमा लगाईएको यात्रा प्रतिबन्ध लाई अझ बढाएर ८ वटा राष्ट्रमा यात्रा प्रतिबन्ध लगाउने भएका छन् l आज सेप्टेम्बर २४ तारिख राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका छन् l
यो नया नियम अनुसार चाड,ईरान,लिबिया ,उत्तर कोरिया ,सोमालिया ,सिरिया ,भेनेजुएला तथा यमन राष्ट्रका परेको छन् भने उक्त देशका नागरिक प्रभावित पर्ने छन् l
यो नया यात्रा प्रतिबन्ध अक्टोबर १८ तारिख देखि लागु हुने छ l आइबार साँझ नया यात्रा प्रतिबन्ध जारि गर्दै यी ८ मुलकका पर्यटक तथा आप्रवासी लाई अमेरिका को भ्रमणमा प्रतिबन्ध गर्ने खबर न्युयोर्क टाइम्सले लेखेको छ l यी राष्ट्रहरुका जाँच प्रक्रिया अपर्याप्त भएको उल्लेख समेत गरेको कारण देखाएको छ l
राष्ट्रपति ट्रम्पले सामाजिक संजालमा ट्वीट गर्दै अमेरिकालाई प्रथम सुरक्षित बनाउनु मेरो पहिलो प्राथमिकता हो भनि लेखेका छन् l गत मार्च ६ तारिखमा राष्ट्रपतिले जारि गरेको कार्यकारी आदेशमा प्रतिबन्धमा परेका देशहरु ईरान,लिबिया ,सोमालिया ,सिरिया ,सुडान र येमेन को आज साँझ देखि नै यात्रा प्रतिबन्ध को म्याद सकिएको छ l
नया घोषणामा परेका देशहरु लिबिया ,सोमालिया ,सिरिया र येमेन लाई प्रतिबन्ध जारि गरिएको छ भने सुडान लाई सुचीबाट हटाईएको छ l नया ३ वटा राष्ट्र चाड ,उत्तर कोरिया तथा भेनेजुएला नया यात्रा प्रतिबन्धमा परेका छन् l अक्टोबर १८ तारिख १२:०१ सेकन्ड को समय देखि लागु हुने छ l
नया प्रतिबन्धका मार्गदर्शक सवै राजदुताबास तथा बाणिज्य दुताबास मा पठाइने र कसरी नया घोषणा लागु गर्ने भन्ने समेतको जानकारी दिइने छ भनि न्युयोर्क टाइम्समा समाचार छ l
No comments:
Post a Comment