आफ्नो घरमा टीका ग्रहण गरे पछि मान्यजनको हातबाट टीका ग्रहण गर्न भ्याई नभ्याई भएको छ l विजयादशमीको दिनदेखि पूर्णिामासम्म नै मान्यजन बाट टीका लगाउन सकिने भए पनि आजको दिनलार्इं मुख्य मानिने भएकाले हस्याङ्ग पस्याङ्ग गर्दै टीका ग्रहण गरि रहेका छन् l राजधानी भने सुनसान जस्तै देखिएको छ भने पातलो रुपमा गाडी चलिरहेका छन् l
यसै बीच राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दशैंघरका मूल पूरोहित देवराज अर्यालको हातबाट विजयादशमीको टीका ग्रहण गरेकी छन् ।
प्रधान देउवाले बालुवाटारस्थित निवासमा ११ बजेर ५५ मिनेटको साइतमा गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन् । देउवा दुई बजे राष्ट्रपतिको हातबाट टीका लगाउन शितल निवास गई टीका थापेका छन् l यसै गरि प्रधान मन्त्रि शितल निवासबाट फर्किएपछि अपरान्ह ४ बजे बालुवाटारमा पार्टीका नेता-कार्यकर्ताहरुलाई देउवाले टीका लगाइदिने कार्यक्रम छ ।
नेपाली सेनाले विजयादशमीका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । टीकाको दिन सार्वजनिक सवारी साधन कम चल्ने भएकाले सर्वसाधारणको सुविधाका लागि बिभिन्न ८ क्षेत्रमा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरि रहेको छ l
पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक दशैंको टीका नलगाइदिने भएका छन् भने उनले शक्तिपीठहरुको पनि दर्शन गरेनन् । देशमा प्राकृतिक विपत्ती आएको भन्दै उनले दशैंमा टीका नलगाइदिने र शक्तिपीठको दर्शन नगर्ने निर्णय गरेका हुन् ।
No comments:
Post a Comment