Tuesday, September 12, 2017

दशैं को अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने

काठमाडौं: रशलाईट मिडिया प्रा.लिको आयोजनामा नेपालीहरुको महान पर्व दशंैको अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना मोडलहरु ¥याम्पमा प्रस्तुत हुने छन् । राजधानीको तिनकुनेमा रहेको रोयल इभेन्टमा हुने उक्त शोमा नेपालका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने इभेन्ट म्यानेजर सनिल महर्जनले जानकारी दिए । डिनाज कलेक्सन, जोजालप्पा कलेक्सनको डिजाइनको ड्रेसमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ ।

फेशन सम्बन्धी कार्यक्रम गर्ने रशलाईट मिडियाले एउटै स्टेजमा चर्चित मोडलहरुलाई प्रस्तुत गर्न लागेको छ । असोज ७ गते शनिबार बेलुका ५ बजेबाट सुरु हुने उक्त नाइटमा नेपालका लोकप्रिय चर्चित ब्राण्डहरुको सहयोग रहेको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...