Tuesday, September 12, 2017

अमेरिकामा हुने ‘नेम्पा अवार्ड’ पोष्टपोन्ड, अब कात्तिक १९ मा आयोजना हुने

असोज १ गते अवार्ड गर्ने भन्दै आयोजकले १८ विधामा उत्कृष्ट ३ मा पर्न सफल चलचित्र र चलचित्रकर्मीको नाम पनि सार्वजनिक गरेको थियो । कार्यक्रम भव्य रुपमा आयोजना गर्ने तयारी भैरहेको समयमा टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ती परेकाले र विजयादशमीको पूर्व सन्ध्या समेत परेको हुँदा टेक्सासबासी नेपालीहरुको विशेष आग्रहमा अवार्डको आयोजना मिति पोष्टपोन्ड गरिएको आयोजकले बताएको छ ।

अब, नेपाल चलचित्र संघ र डीएबीएस इन्टरटेन्मेन्टको छलफलबाट नयाँ मिति तय भएको संघका अध्यक्ष प्रदिपकुमार उदयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अब, यो अवार्ड नोभेम्बर ५ अर्थात कात्तिक १९ गते आयोजना हुने भएको छ । पूर्व निर्धारित स्थानमा नै भव्य, सभ्य र व्यस्थित रुपमा ‘नेम्पा अवार्ड’ आयोजना हुने आयोजकले बताएको छ । अध्यक्ष उदयले अवार्डले अमेरिकामा नेपाली चलचित्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...