Wednesday, September 13, 2017

चर्चित युवा गायक तथा संगीतकार टंक बुढाथोकीले ल्याए दशै गीतको कारुणिक भिडियो सहित

काठमाडौँ : दशैंको पूर्वार्धमा गायक तथा संगीतकार टंक बुढाथोकीको दशैं गीतको नयाँ भिडियो सार्वजनिक भएको छ ।दशैंका बेला परदेशीहरुको अवस्था कस्तो हुन्छ भन्ने वास्तविकतालाई नजिकबाट प्रस्तुतिकरण गरिएको यो भिडियो कारुणिक र मर्मश्पर्शी बनेको छ । दशै, तिहार, तीज जस्ता पर्व र यसका महत्वहरुलाइ समेटेर पछिल्लो समयमा नेपाली साङगीतिक क्षेत्रमा धेरै गीत र त्यसका म्युजिक भिडियोहरु बन्ने गरेका छन् ।

यही सिलसिलामा बिल्कुलै नयाँ शैलीमा ‘दशै आयो दशै आयो परदेशीको मनै रुवायो’ बोलको अति नै मन छुने शब्दले सजिएको गीत र म्युजिक भिडियो गायक तथा संगीतकार बुढाथोकीले बजारमा ल्याएका छन्, जस्मा परदेशी र घरदेशीको वास्तविकतालाई भिडियोमा हुबहु उतारिएको छ ।

नेपालीहरुको महान् चाड बडादशैंको परम्परागत शैली र आधुनिक बाध्यतालाई फ्युजन गरेर बनाइएको भिडियो हेर्न लायक बनेको छ ।पछिल्लो समयमा सङ्गीत क्षेत्रमा चर्चामा आएका बुढाथोकी कुशल गायक, सङ्गीतकार साथै एरेन्जरको रुपमा चिनिन्छन् । दर्जनौ चलचित्रका र आधुनिक हिट गीतहरु निकाली सकेका गायक बुढाथोकीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज शो हरुमा पनि आफ्नो कला रगला प्रस्तुत गर्दै दर्शकहरुको मन जित्न सफल भइसकेका छन् । यसै शिलशिलामा बन्यो बुढाथोकीको दशै म्युजिक भिडीयो ।

गत अगस्ट २५ मा झापाली समाज युएईले आयोजना गरेको तीज विशेष कार्यक्रममा समाजको निमन्त्रणामा युएई पुगेका थिए बुढाथोकी।त्यसो त उनी गत वर्ष २०१६ को तीज विशेष कार्यक्रममा पनि समाजकै निमन्त्रणामा युएई नगएका भने हैनन् । तर, यसपालि भने उनले युएईमा रहेका प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई तीजमा नचाउनका अतिरिक्त दशै गीतको मनै छुने गीतको म्युजिकभिडियो बनाएर आफ्ना दर्शकहरुलाई गीतको भावले रुवाउन पनि छोडेनन्।

यस गीतमा शब्द तथा सङ्गीतमा दिपक पाण्डे, एरेन्जर र स्वर टङ्क बुढाथोकी, क्यामेरामा ख्यातिप्राप्त डाइरेक्टर समन अधिकारी र दिपेन्द्र थपलियाको रहेको छ भने भिडियोमा मुख्य अभिनय मा बलराम र सुप्रिया, मोहन, लक्ष्मीका साथै युएईमा सहयोगी पात्रहरू खगेन्द्र बुढाथोकी, भरत बुढाथोकी, पारस लामा, मोहन शिवाकोटी, प्रबिन निरौला, आशिष पुरुष, सुमन भट्टराई, रुक्मान थापा, प्रेम अधिकारी लगायतका दुई दर्जन भन्दा बढी प्रवासी नेपालीहरुको उपस्थिति रहेको देख्न सकिन्छ भने भिडियोको सुटिङ दुबई, सारझाहा,आजमान र रासअलखैमा मा गरिएको हो ।

भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...