Monday, September 18, 2017

अमेरिकाको म्यारिल्याण्ड निवासी ब्याबसायी मुकुन्द दाहालको प्रयास र प्रायोजकमा नुवाकोटको दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सम्पन्न

बिष्णु प्रिया रिजाल, नुवाकोट, सेप्टेम्बर १८, २०१७ – नुवाकोटको दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबीमा साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सफलताका साथ सम्पन्न भयो । हाल अमेरिकाको म्यारिल्याण्डमा बसोबास गर्दै आउनु भएका ब्याबसायी, समाजसेवी मुकुन्द दाहालको प्रयास र प्रायोजकमा आँफुले अध्ययन गरेको स्कुल नुवाकोट दुई पिपल अबस्थित कामरुदेबी उच्चमाबीका करिब २०० बिधार्थीहरु, शिक्षकहरुलाई साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक प्रशिक्षण संञ्चालन गरिएको थियो । कार्यकममा विध्यालयका प्राध्यपकले सहयोगी र हुनहार दाहाल सोही विध्यालयको छात्रा रहेको खुलासा गर्दै उहाँ बाल्यकाल देखिनै सहयोगी र इमान्दर विध्यार्थी भएको कुरा बताउदै उहाँलाई धन्यवाद दिदै उहाको भविष्यको लागी शुभकामना समेत दिएका थिए । यसै गरि दाहालका दाजु प्रहलाद दाहालले पनि यस कार्यक्रमका लागी भाईको निर्णयलाई सहर्ष स्वीकार गरि उनको साथमा साथ दिइ कार्यक्रम सम्पन्न भयो ।

२ चरण गरि दिनभर चलेको उक्त कार्यक्रमको सुरुमा मुकुन्द दाहाल ज्युले स्कुलका सहभागि बिधार्थीहरु र शिक्षकहरुलाई अमेरिकाको म्यारिल्याण्डबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु भएको थियो । सन्देश पछि मुकुन्द दाहालका दाजु प्रलाद दाहालले वाहाँको स्कुलको बाल्यकालको बारेमा बताउनुका साथै साईबर सुरक्षाको कार्यक्रम ल्याउनको लागि गत बैशाख देखिनै शिष गरिएको तर समय अनुकुल नभएको कारण ढिलो हुन गएको कुरा सहभागि सबैलाई जानकारि गराउनु भयो । दाहालले पठाउनु भएको भिडियो सन्देश यसै समाचारमा समाबेश गरिएको छ । उक्त कार्यक्रममा नुवाकोट जिल्ला कृषी बिकास कार्यालयका अधिकृत डा. कमलराज गैरेको पनि उपस्थिती रहेको थियो। डा. गैरे साईबर सुरक्षा ईन्टरन्यासनलको सल्लाहाकार पनि हुनुहुन्छ ।
बिदेशमा रहेर पनि आफ्नो स्कुल र समाजको लागि दाहालले गर्नुभएको सहयोगको स्कुलका प्रमुख लगायत सहभागि सबैले हृदय देखि प्रशंसा गर्नु भएको थियो । कार्यक्रमबाट बिधार्थीहरुले साईबर अपराध र सुरक्षाका उपाएहरुको बारेमा प्राप्त गरेको उक्त तालिमले भाबि पिंडिहरुमा ठुलो सहयोग मिल्ने कुरा सहभागिहरुले बताउनु भएको थियो ।

21886737_204279926777570_666709167_o.jpg

कार्यक्रमकी संयोजक तथा प्रशिक्षक पुजा गुरुङ्गले कक्षा ७ देखि १० सम्मका सहभागि बिधार्थीहरु र शिक्षकहरुलाई प्रशिक्षण दिनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट सह-प्रशिक्षकको रुपमा काठमाण्डुं प्रतिनिधी मनिशा रानाभाटले सभगागि बिधार्थीहरु र शिक्षकहरुको कार्यक्रमको बारे प्रतिकृया लिनु भएको थियो । त्यस्तै समाचार संकलन र प्रकासनको लागि काठमाण्डौंबाटै बिष्णु प्रिया रिजालको पनि सहभागिता रहेको थियो । मुकुन्द दाहालले अमेरिकाबाटै आँफु पढेको स्कुलको लागि भनेर प्रयास र प्रायोजक गरि लगेको उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरी सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्तमा, सहभागि बिधार्थी आ-आफ्नो प्रतिकृया दिएका थिए ।

21706635_204279833444246_1021657501_o.jpg

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।
अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

कार्यक्रममा सहभागी बिधार्थीहरुको नामावली

20217043_204279883444241_906170196_n.jpg
21682475_1464792336948812_470829324_o.jpg
21706191_1464792353615477_707492529_o.jpg
21706635_204279833444246_1021657501_o.jpg
21706689_204279950110901_803547113_o.jpg
21706757_204279943444235_877423776_o.jpg
21706883_204279820110914_539613897_o.jpg
21755043_202323270306569_1737856381_o.jpg
21767242_1464792340282145_2115885808_o.jpg
21767305_1464792370282142_1815730851_o.jpg
21844017_204279840110912_1409325544_o.jpg
21844029_204279930110903_170677031_o.jpg
21844050_204279790110917_260885023_o.jpg
21844159_204279896777573_998552263_o.jpg
21844179_204279786777584_1356741643_o.jpg
21845326_204279783444251_912777003_o.jpg
21845708_204279796777583_1441740733_o.jpg
21845731_204279860110910_1536169792_o.jpg
21845796_204279890110907_33871905_o.jpg
21849262_204279863444243_1731663537_n.jpg
21849270_204279816777581_533628190_n.jpg
21868203_204279900110906_629439637_o.jpg
21868313_204279940110902_1371049291_o.jpg
21875518_204279973444232_1871369885_o.jpg
21875581_204279830110913_277858993_o.jpg
21875773_204279946777568_604824819_o.jpg
21875801_204279810110915_705490888_o.jpg
21886608_204279936777569_72279911_o.jpg
21886737_204279926777570_666709167_o.jpg
21886793_204279970110899_1023535360_o.jpg
21886930_204279933444236_1476965515_o.jpg
21895179_1465578633536849_157185697_o.jpg
final final final.jpg

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...