Tuesday, September 12, 2017

स्वरूपराजको ‘साढे सात’मा सत्यराज पत्रकार (भिडियो)

नेपाली सुगम संगीतका अाेजस्वी गायक तथा संगीतकार स्वरूपराज अाचार्य निर्माता रहेकाे चलचित्र साढे ७ मा सत्यराज आचार्य पत्रकारकाे भूमिकामा देखिएका छन् । बुबा भक्तराजको जीवनीमा आधारित फिल्म ‘आचार्य’ को शीर्ष भूमिकामार्फत अभिनय गरिसकेका सत्य फेरि ‘साढे सात’मा पनि शीर्ष भूमिकामा देखिदै छन् ।

बिहीबार ट्रेलर रिजिज समारोहमा स्वरूपराजले चलचित्रको विषयबारे जानकारी दिँदै नेपालीले भारतबाट भोगेको नाकाबन्दीमा चलचित्रको कथा केन्द्रीत रहेको बताए ।

साम्तेन भुटियाको निर्देशन रहेको उक्त फिल्ममा सत्यराजले फोटो पत्रकारको भूमिका निर्वाह गरेका छन् । फिल्ममा निर्देशक भुटियासहित सत्यराज र स्वरूपराज आचार्य, सुनील थापा, नरेशदेव पन्तका साथै डीजे सन्तोष निर्माताका रूपमा रहेका छन् । अनिश तामाङको छायांकन रहेको फिल्ममा संगीत सत्य–स्वरूपकै रहेको छ । फिल्मको रिलिज मिति मंसिर १५ राखिएको जानकारी दिए ।

चलचित्रमा स्वरुपको भूमिका के हुन्छ र चलचित्रको नाम साढे ७ नै किन राखियो जस्ता यूएसका प्रश्नमा स्वरुपले यस्तो जवाफ दिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...