Thursday, September 28, 2017

मेरील्याण्डमा पूर्व बिद्यालय सहायकलाई यौन दुर्व्यवहार गरेको प्रकरणमा एक सय बर्षको कैद

सेप्टेम्बर २८ ,अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी का एक बिद्यालयका पूर्व सहायकलाई यौन दुर्व्यवहार गरेको प्रकरणमा १ सय बर्षको कैद को सजाय सुनाईएको छ l

२३ बर्षिय डिवन्ट क्यारावे नामक युवाले आफ्नो निजि सेलफोन (भ्रमण ध्वनि )मा बालबालिका का यौन कार्य गरेको भिडियो लिएको र अन्यलाई हिस्सा गरेको आरोपमा १ सय बर्ष को सजाय न्यायाधिसले सुनाएका हुन् l उनि मेरी ल्याण्डको जज सिल्भेनिया वुड्स इलेमेन्टरि बिद्यालयका सहायक हुन् l

उनलाई २ सय ७० वटा नाबालिग यौन दुर्व्यबहार सम्बन्धि फौजदारी मुद्धा साथै यौन अपराध र अश्लिल तस्बिरहरु राखेको आरोप छ l उनलाई गत महिना मात्र संघीय सरकार बाट ७५ बर्षको सजाय सुनाईएको थियो भने यो १ सय बर्ष को सजाय एक साथ चल्ने छ l उनले बिद्यालयका बिधार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ७५ बर्ष को सजाय सुनाएको थियो l

उनले सन् २०१५ को शरद ऋतु देखि यौन दुर्व्यवहार गरेको वादीले आरोप लगाएका थिए भने झन्डै १ बर्ष सम्म भन्दा ज्यादा कुकृत्य गरेको एनबिसीन्युज समाचारमा लेखेको छ l

उनले यौन दुर्व्यवहार गरेको आफैले भिडियो समेत खिचेका थिए भनि समाचारमा उल्लेख गरिएको छ l सन् २०१६ को फेब्रुअरीमा उनलाई ९ बर्ष उमेरका एक बिद्यार्थीका काकाले उनको आफ्नो सेल फोन(घुम्ती )मा नग्न चित्र देखेकोले प्रहरीले अनुसन्धान गरेको समाचार छ l

गत महिना मात्र उनलाई यौन शोषण तथा बाल अश्लिल भिडियो निर्माण गर्ने कार्यमा १५ वाट संघीय दोषारोपण लगाईएको थियो l उनले यसमा आफु संलग्न भएको कबुलेका छन् l क्यारावेलाइ आज बिहिबार मेरी ल्याण्ड को अपर मार्लबोरो को प्रिन्स जर्ज को अदालतमा जम्मा ३ सय ९५ बर्षको सबै गरेर सजाय सुनाइ एता पनि १ सय बर्षको सजाय निलम्बन गरिएको डब्लुटिओ मा समाचार छ l

तस्बिर : प्रिन्स जर्ज काउन्टी प्रहरी

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...