Friday, September 22, 2017

पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा, साढे चार करोड भोट प्राप्त (भिडियो हेर्नुहोस्)

सर्वाधिक पुरस्कार राशिको फ्रेन्चाईज शो नेपाल आईडल को उपाधी पोखरा का बुद्ध लामाले हात पारेका छन् । कतारको एम्पिथिएटर मा सम्पन्न फिनालेमा अन्य २ प्रतिस्पर्धी लाई दर्शक भोटले हराउदै लामाले उपाधी हात पारेका हुन् ।  जम्मा ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।
यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे।  मोरङका निशान भट्टराई र ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए।
नेपाल आईडलको ग्रान्ड फिनाले र बुद्ध लामा बारे  थप भिडियो हेर्नुहोस् । 
https://www.youtube.com/watch?time_continue=5&v=WttHyTh5UhM

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...