Tuesday, September 26, 2017

चितवनको कालिकामा संचालित महिला फुटबलमा खोलेसिमल टोल विकास प्रथम

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १० असोज ।
पूर्वी चितवनको कालिका नगरपालिकामा सञ्चालित अन्तर टोल विकास स्तरीय महिला फुटबल प्रतियोगितामा खोलेसिमल बजार टोल विकास संस्था प्रथम भएको छ । आज भएको खेलमा शिव पञ्चाङ्ग टोल विकास संस्थालाई २–० को अन्तरले पराजित गर्दै खोलेसिमल बजार टोल विकास संस्था प्रथम भएको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा चन्द्रा थापा र कल्पना लामाले पुरस्कार प्राप्त गरिन् । त्यस्तै द्वितीय शिव पञ्चाङ्ग टोल विकास संस्था भएको थियो भने अनुशासित टिम क्लबचोक टोल विकास संस्था भएको थियो ।

शिव पञ्चाङ्ग टोल विकास संस्था कालिका–६ को आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष नन्दलाल लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कालिका वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मी, खोलेसिमल बजार टोल विकास संस्थाका अध्यक्ष पुष्पराज भट्टराई, क्लबचोक टोल विकास संस्थाका अध्यक्ष रोहीणी बगाले, हस्पिटल टोल विकास संस्थाका अध्यक्ष दिपक लामिछाने, नयाँ टोल विकास संस्थाका अध्यक्ष हिरा गुरुङ्ग, पूर्वी चितवन टेम्पो जिप माइक्रो समितिका अध्यक्ष प्रकाश पोखरेल, शिव पञ्चाङ्ग टोल विकास संस्थाका सल्लाहकार चेत बहादुर थापा, सचिव गोपी लामिछाने, नेपाल रेडक्रस सोसाइटी उप–शाखा जुटपानीका सदस्य राजन रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका सदस्य रामहरी लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...