Sunday, September 24, 2017

हजुरहरूको साथको म ऋणी छु, यो गुन कहिले पनि बिसिर्ने छैन :बुद्ध (भिडियो)

पोखरा , – अरुण थापाको आँखाको निद खोसी लाने’ गाउँदै ‘नेपाल आइडल’ छिरेका बुद्ध लामा अन्तत: प्रतियोगिताको विजेता बनेका छन् ।

शुक्रबार कतारमा भएको ग्रयान्ड फिनालेमा उनी पहिलो नेपाल आइडल घोषित भए । कुल ९ करोड ३१ लाख ८३ हजार ३ सयमध्ये ४ करोड ४८ लाख २ सय ६३ भोट पाएर उनी टाइटल विनर बनेका हुन् । पोखरा, नयाँबजारका लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी कार र १५ लाख रुपैयाँसहितको एल्बम कन्ट्रयाक्ट हात पारेका छन् ।

‘हजुरहरूको साथको म ऋणी छु,’ बुद्धले फेसबुकमा लेखेका छन्, ‘यो गुण कहिले पनि बिसिर्ने छैन । कुन शब्दले धन्यवाद दिऊँ तपाईंहरूलाई । हजुरहरूकै साथले गर्दा म नेपाल आइडल बन्न सफल भएँ ।’ आफूलाई भोट दिएर विजयी बनाउने फयानप्रति आफू नतमस्तक रहेको उनले बताएका छन् । उनको स्टाटसमा हजारौं कमेन्ट आएका छन् भने प्रशस्त सेयर भएको छ ।
ग्रयान्ड फिनालेमा विजेताको रूपमा उनको नाम घोषणा हुँदा पनि उनले भनेका थिए, ‘म अहिले होसमा छैन ।’

थप भिडियोमा हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...