Sunday, September 24, 2017

मैले न्याय पाइँनः गायिका निक्की कार्की,आफूमाथि यौन दुर्व्यवहारको प्रयास (लाईभ भिडियो)

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी गायिका निक्की कार्कीले आफूमाथि यौन दुर्व्यवहारको प्रयास भएको फेसबुक लाईभ भिडियो मार्फत बताएकी छिन् ।

२० वर्षीया निक्कीलाई नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपाल नामका व्यक्तिले आफूलाई सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना आउँदा यौन दुर्व्यवहारको प्रयास गरेको उनको गुनासो छ । घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको थियो । सोही कार्यक्रममा सहभागी हुन जाँदा गायिका कार्की माथि यौन दुर्व्यहारको प्रयास भएको कार्कीको भिडियो वयानमा उल्लेख छ ।

 

गायिका कार्की आफूले न्याय पाऊँ र कारवाहीको माग गर्दै नासा-अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियोमार्फत बताएकी छिन् ।

भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...