Sunday, September 24, 2017

शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको छ ः शिक्षा राज्यमन्त्री

चितवन, ८ असोज ः शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको बताउनुभएको छ ।

यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने स्पष्ट गर्नुभयो । अधिकारीले भन्नुभयो, “परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा गरेपछि स्थायीले पेन्सन पाउने भए पनि अस्थायीलाई गोल्डेन ह्यान्डसेक दिइनेछ ।”

नेपालमा २६ हजारको हाराहारीमा अस्थायी शिक्षक छन् । स्थायी हुँदा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत नयाँले अवसर पाउने उहाँले बताउनुभयो । करिब १९ हजार नयाँले अवसर पाउने उहाँको भनाइ थियो ।

यसअघि नै १० हजार ५०० ले गोल्डेन ह्यान्डसेकका लागि फाराम भरिसकेकाले मानसिक रुपमा उनीहरु छाड्ने तयारीमा रहेको उहाँले बताउनुभयो । यससँगै हरेक वर्ष शिक्षक सेवा आयोगले परीक्षा लिएर नयाँ शिक्षक नियुक्ति गर्दै जाने पनि उहाँले बताउनुभयो । शिक्षा सेवा आयोगले तत्काल प्रक्रिया अगाडि बढाउने बताउँदै उहाँले दशैं र तिहारका बीचमा परीक्षासमेत गर्ने तयारीमा आयोग लागेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...