Friday, October 27, 2017

अमेरिकामा ३ चिज ,घरेलु हिँसा ,यौन उत्पीडन र पल्याकपुलुक किन साढे सातका दशाहरु हुन् ? एक कोश टाडा बस्न किन फाईदा

अमेरिका कानुन कडा भएको देश l कानुन देखि सबै थर्कमान हुन्छन l कानुन कडा छ भन्ने थाहा हुँदा हुदै कानुन तोड्नेको पनि कमि छैन l अमेरिकी मूल प्रजाति बिदेशीहरुको बारेमा आफू कलम चलाई रहेको छैन l म बिशेष गरि अमेरिका छिरेका र आउने तरखर गर्दै गरेका बिशेष पुरुष वर्गलाई घरेलु हिँसा ,यौन उत्पीडन र पल्याकपुलुकमा नपर्न सल्लाह दिन लेख्दै छु l

अमेरिका यस्तो देश हो जहाँ यिनै कारण तपाई हाम्रा दाजुभाई थुनिएका छन् l आजीवन कारागार को सजाय पाएका छन् l जीवनकाल सम्म कारागारमा कुहिएर मर्ने अवस्थामा पनि पुगेका छन् l सपनाको संसार आई पुगेका पुरुषहरुमा एक मिनेट भित्र मस्तिस्कमा खराब विचार आई दिदा जीवन ध्वस्त भएका पनि छन् l राम्रा र मिठा सपना बुनेर अमेरिका आएका पुरुषहरु उही नेपालको बाल्यकाल देखि लागेको आदतको कारण जिन्दगी बर्बाद गरेका छन् l

आफु अधिकासं सकारात्मक लेखमा रुचि राख्ने र कलम चलाउने भएकोले पुरुष हरुलाई ध्यानाकर्षण गराउने मेरो झिनो पहल मात्र हो l अन्यथा पुरुषहरुले लिनु हुने छैन भन्ने विश्वास गरेको छु l

नेपालमा जे जस्तो भएता पनि यहाँ त्यस्ता कुविचार ,कुदृष्टि र कुदृष्टिकोण फ्याक्नु पर्छ नत्र झ्यालखाना सरल र सहज रुपमा पुग्नु हुने छ l प्रेम र माया प्रिती को सन्दर्भमा आफुले कलम चलाई रहेको र त्यसमा आफुले ध्यानाकर्षण गराएको कदापी हैन l कसैको व्यक्तिगत मामला बारेमा पनि कलम चलाउने मेरो प्रयास हैन l

मानिस एकै क्षणमा पशु पनि हुन्छन l बुद्धिमा किरा पर्छ l बुद्धिले काम पनि गर्दैन अनि घरेलु हिंसा र यौन उत्पीडनमा पर्दछन l पल्याकपुलुक भन्दा घरेलु हिंसा र यौन उत्पीडन झन् खतरा हुन् l पल्याकपुलुक अर्थात् हात लामो पर्ने बानि कदापी अमेरिकामा गर्नु हुदैन l अर्थात् कसैले देखेको छैन होला भनेर पसलमा छलेर गोजी मा हाल्ने या झोलामा हाल्नेमा पनि नेपालीहरु परेका छन् l यस्ता मामलामा नेपालीहरु प्रहरीको फन्दामा परेका छन् l

अमेरिकामा घरेलु हिँसा र यौन उत्पीडनमा ७० बर्ष भन्दा ज्यादा को झ्यालखाना को सजाय भोगी रहेका छन् l पुरुषहरु ६ महिना ,१ बर्ष र २ बर्ष सम्म घरेलु हिँसा र यौन उत्पीडनको कारण कारागार गएका छन् l नेपाल जस्तै गरि आफ्नी जीवन संगिनी लाई घरेलु हिंसा गर्दा दुख पाएका पुरुषहरु अमेरिकामा नभएका पनि हैनन् l

उताको आदत आफै आउने हुनाले यहाँ पनि त्यही नसंझेता पनि रिस र क्रोधको कारण हात छोड्ने हुँदा प्रहरीलाई बयान दिनेहरु पनि बहादुरहरु भेटिन्छन l अमेरिकामा आफ्नो परिवारलाई उत्प्रेरणा गर्न सक्नु पर्छ l मनाउन सक्नु पर्छ l मानिन भन्दैमा घरेलु हिंसामा उत्रनु हुदैन l घरेलु हिंसा पुरुषले तु बन्द गर्नु पर्छ l घरेलु हिंशा मा संलग्न भएमा साढे सात को दशा झैँ लाग्दछ l जीवन बनाउन नेपालबाट अमेरिका आई पुगेका कोहि पनि यस्तो घृणित काममा पर्नु नपरोस l घर परिवार संग मिलेर बस्नु को बदला सम्पूर्ण कुराहरु स्वाहा हुने हुन्छ l

अमेरिकामा न्यायालयले पुरुषको भन्दा महिलाको ज्यादा कुरा सुन्छ l जति नै पुरुषले वकालत र ढाकछोप गरेता पनि आखिर महिलाको पक्षमा अत्यधिक निर्णय हुन्छ l अमेरिकामा घरेलु हिंशा गर्ने पुरुषहरु आफुलाई बहादुर ठाने पनि ति पुरुषहरु नामर्द हुन् l महिला माथि हिंसा ,घरेलु हिंशा कदापी सह्य हुदैन l यस बाट बच्नु र एक कोश टाडा रहनु नै पुरुष वर्गको लागि साढे सातको दशा नलाग्नु हो l

अर्को यौन उत्पीडन ,सेक्सुल ह्यार्यासमेन्ट सबै भन्दा संबेदनशिल हुन्छ l अमेरिकामा काल भन्दा पनि खतरा हुन्छ l डर लाग्दो हुन्छ l अमेरिकामा यसमा एक कोश मात्र हैन ४ कोश दुरीमा बस्नु पर्छ l आरोप मात्र लाग्यो भने सम्पूर्ण सम्पत्ति स्वाहा हुन्छ l

अर्ब पति पनि खरानी को तालमा पुग्न बेर लगाउदैनन l टाट पल्टिने अवस्था पनि आई लाग्छ l तसर्थ अमेरिकामा केहि गर्नु छ भने यस्ता कुरामा अल्झने र क्षणिक आवेश लाई त्याग्नु नै उत्तम हुन्छ l

प्रेम, बासना ,लोभ मोह जस्ता कुराहरु बाट बाहिर निस्कनु पर्छ l महिला प्रति नकारात्मक भै लोभिनु र खराब आचरण प्रस्तुत गरे कालले छोड्छ तर यौन उत्पीडनको धब्बा लागे पछि पानी मुनि पनि बच्न सकिदैन l यौन उत्पीडन लाई अमेरिकामा हरेक ठाउँमा यसलाई उच्च प्राथमिकतामा राखेको हुन्छ l कसैले पनि मजाक गर्नु हुन्न l मैले केहि गरेको छैन भन्ने मानसिकता बाट माथि उठ्नु पर्छ l यस्ता गतिविधिमा संलग्न हुने भन्ने परिकल्पना मात्र हैन कि विचार नै उब्जिनु दिनु हुदैन l

यौन उत्पीडन ,सेक्सुल ह्यार्यासमेन्ट पुरुष बाट हुन्छ l बिशेष एकल महिला ज्यादा प्रताडित हुन्छन l मौकाको अनुचित फाइदा उठाउने सोची दिदा फसिन्छ l अमेरिकामा यौन उत्पीडनको कडा कानुन भएकोले महिलाको कुरा सुन्ने र अझ एकल महिला भए ज्यादा प्राथमिकता पनि दिने हुन्छ l पुरुषले आफू सजिलो फुत्किन्छु भन्ने सोच्यो भने झन् दलदलमा फसदछन l पुरुषहरु संलग्न भएको अवस्था भए कसैले पनि बचाउन सक्दैन l पुरुषले जति नै बचाउ गरेता पनि महिला को ज्यादा आवाज सुनिने हुनाले पुरुषलाई साढे सात को दशा सुरु हुन्छ l

यौन उत्पीडनका आरोपी अमेरिका बाट संचालित फक्स समाचारका विल ओ रेली र अमेरिकन चलचित्र निर्माता हार्भे वेन्सटिन पछिल्ला उदाहरण हुन् l विल ओ रेली ले माथि यौन उत्पीडनको आरोप लागे पछि उनले ३२ करोड डलर बुझाएको भन्ने समाचार सामाजिक संजालमा प्रकाशित छ l यसै गरि अमेरिकन चलचित्र निर्माता हार्भे वेन्सटिन माथि यौन उत्पीडनको आरोप लागेको छ l झन् झन् उनि फस्दैछन् l सम्भवत उनि उम्कन पाउदैनन होला l

अमेरिकामा ३ चिज ,घरेलु हिँसा ,यौन उत्पीडन र पल्याकपुलुक साढे सातका दशाहरु किन हुन् त ? हामी यस बाट बच्न किन एक कोश टाडा बस्नु पर्छ त ?  हामी अमेरिका जीवन बनाउन ,पैसा कमाउन आएका हौ l हामी घरेलु हिँसा मा संलग्न हुन् कदापी आएका हैनौ l हामी अमेरिका हाम्रा सन्तानको र स्वयम् को उज्ज्वल मय भबिष्य बनाउन आएका हौ l

कोहि पनि नेपालीहरु घरेलु हिँसा ,यौन उत्पीडन र पल्याकपुलुकमा संलग्न हुनु नपरोस l यस्ता कुविचार कहिले हामी लाई नआओस l सानो लोभ र मोहको कारण आफै जीवनभर अध्यारो कोठामा बस्न नपरोस l कुबुद्धि हैन सदबुद्धि आओस l घरेलु हिँसा र यौन उत्पीडन को मामला बाट जोगिन एक कोश टाडा नै बस्नु परोस l

तस्बिर :विक्रान्त श्रेष्ठ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...