Friday, October 27, 2017

संघसंस्थाहरु हुनु र नहुनुको अौचित्य के?

हामी सबैको न्युनतम हकहित र उन्नतिका लागि खुलिएका संघसंस्थाहरु यति बिघ्न अर्थहीन र हलुका हुँदै जानु र विभिन्न आवश्यकताहरु संघसंस्थाहरुबाट भन्दा पनि सर्वसाधारण ब्यक्ति वा समुहबाट चुस्तदुरुस्त रुपमा सम्पन्न हुँदै जानु आजको यस बर्तमान अवस्थामा तपाईं हाम्रा लागि भनी विभिन्न नाममा खोलिएका यी संघसंस्थाहरु हुनु र नहुनुको अौचित्य के?

१. समाजको आवश्यकता र माग बमोजिमका धार्मिक, साँस्कृतिक तथा सामुदायिक धरोहर निर्माणमा संघसंस्थाहरुको चासो नहुनु, ढिलासुस्ती हुनु, पारदर्शिता नहुनु, पदाधिकारीहरुको मनोमानी हुनु, सर्वसाधारणहरुको सहभागीलाई अवमूल्यन गर्नु, विभिन्न मिटिंग र सभासम्मेलनले गर्दा अत्यन्तै खर्चिलो हुनु आदि इत्यादि र अर्को तिर बिनाकुनै पद जिम्मेवारी बहन गर्नु, समयानुकूल सबैसंग हातेमालो गर्दै निश्चित लक्ष र उद्देश्यमा केन्द्रित रहेर कार्य बिभाजन गरिनु, कम खर्चिलो, पारदर्शी र चुस्तदुरुस्त संयन्त्र बनाई समय मै कार्य सम्पादन गरिनु तथा उद्देश्य पूरा भए पछि कुनै पद र भुमिकाहरुको विवाद नरहनु आदि इत्यादिले गर्दा पनि आजभोलि संघसंस्थाहरुको औचित्य माथि प्रश्न उठ्ने गरेको छ।

२. एकातिर समाजमा आईपर्ने आकस्मिक घटना, दुर्घटनाहरुलाई संघसंस्थाहरुले बिना कुनै अध्यायन आफ्नो पराई गर्दै एकोहोरो र पक्षपाती ढंगले व्यवहार गरिने र सिमित पदाधिकारीहरुको मिलेमतोमा समाजका बिज्ञहरु तथा सर्वसाधारणहरुको सल्लाह सुझावलाई बेवास्ता गरि सम्पुर्ण सामाजिक सरोकारका निर्णयहरुको टुंगो लगाउने र समाजमा जवर्जस्ती लाद्ने जस्ता बिकृतीहरु आदि इत्यादि छन भने अर्कोतिर आजभोलि सुचना र संचारले जोडिएको मजबुत संजालहरुबाट पिडित वा घटना दुर्घटनाहरुबाट पीडितहरुले सजिलै सिधै “गो फन्ड्” “फेसबुक” लगायत विभिन्न माध्यमहरु जो जस्ले जती बेला पनि खोल्न मिल्ने र सजिलै प्रत्यक्ष रुपमा राहत लिन दिन सकिने कुनै संघसंस्थाको दया कुर्न नपर्ने आदि इत्यादि कारणहरुले आजभोलि संघसंस्थाहरुको औचित्य के हो प्रश्न उब्जेको छ। त्यसमाथि संघसंस्थाहरुबाट विभिन्न समय र बिषयमा उठाईएका सहयोगहरुको पारदर्शिता र ब्यबस्थापनको कमीकमजोरी हाम्रो समाजले हरेक पटक भोगिसकेको र यस्ता बिबादहरु दिनानुदिन देख्न र सुन्न परेकै छ नेपाली समाजले।

३. सामाजिक एकताको सवालमा पनि संघसंस्थाहरु दिनानुदिन चुक्दैछन, विभिन्न परिवार, जात, क्षेत्र, धर्म, पेशा, बिचारहरु आदिका नाउँहरुमा संघसंस्थाहरु खुल्ने क्रम बढेसंगै सामाजिक संघसंस्थाहरुले अब समाजलाई एकतामा बाँध्न झनझन कठिन हुँदै गएको छ भने गम्भीर बिषयहरुमा समेत सबैलाई एक्यवद्ध बनाउन प्राय असम्भव भैइसकेको छ। समाजमा रहेका थुप्रै परिवारहरुलाई एकै ठाउँमा भेटघाट गराउने सानो पिकनिक सम्म पनि बर्षमा एकै आँगनमा २०औं ३०औं पटक पुगेर मनाउँछन तर एक भएर सबैलाई एकतामा बाँधेर गर्न कुनै पनि संघसंस्थाहरुले सकेको देखिँदैन र कोहि कतैबाट कुनै प्रयासहरु गरिएको पनि पाईँदैन। पिकनिक एक बिशुद्द पारिवारिक भेटघाट र मनोरञ्जनात्मक कार्यक्रम भए पनि यसको मर्मलाई नै कुल्चिएर केही सिमित ब्यक्तिहरुको भाषण सम्मान र गुणगान सुनाउनका लागि मात्र आयोजना गरिएको हो कि भान गराउँछ जसले सहभागी हुने सबैलाई सामाजिक कार्य प्रती बितृष्णा जगाउने गरिएको पाईन्छ तसर्थ पनि अब संघसंस्थाहरुको औचित्य के र दोषी को भन्ने प्रश्न उठ्नु स्वभाविकै हो भन्ने लाग्छ।

४. भाषा, संस्कृति, चाडपर्वको जगेर्ना गर्ने कार्यक्रमहरुमा पनि आजकल केही व्यावसायिक र केही स्वयंसेवकहरुले प्रत्येक हप्तादिनमा गर्न थालि सकेकाछ्न् । व्यावसायिक तवरले गरेका कार्यक्रम बढी मनोरञ्जनात्मक हुने र स्वयंसेवकहरुले आयोजना गर्दा कुनै पीडित वा कुनै योजना वा निश्चित लक्षलाई आधार बनाएर गरिने हुँदा सहयोग र सहभागीता व्यापक हुने गरेको पाइएको छ तर यहि कार्यक्रमहरु संघसंस्थाहरुले गर्दा आधा कार्यक्रम खादा भाषण अनि चाहिने नचाहिने लामो न लामो स्वागत सत्कारमै समय खेर जाने र पैसा तिरेर मनोरंजन गर्न गएकाहरुको कुनै औचित्य र महत्त्व नदिने र कार्यक्रममा धेरै बिबादास्पद घटनाहरु दोहोरिने गरेका घटनाहरुले पनि सर्वसाधारणहरु बिरक्त बनीसकेका छन त्यसमाथि कार्यक्रममा हुने अपारदर्शी खर्चका हिसावहरु, अतिथि र पदाधिकारीहरुका नाममा बितरण गरिने आधा भन्दा बढी निशुल्क पास र टिकटहरुको खर्चहरु, ब्यबस्थापनको नाममा आउने बिलहरुले साधारण सदस्यहरुले आफुहरु लुटिएको महसुस गर्नु आदिले आज भोलि संघसंस्थाहरुको कार्यक्रमहरु ५० जना जम्मा भए पनि विशाल सफल भएको बिज्ञापन गरिनुले पनि अब तपाईं हाम्रा लागि खोलिएका विभिन्न नामका संघ संस्था हुनु र नहुनुको अौचित्य के ?

नेपाली पाठशाला मार्फत हाम्रा बालबालिका र भावी पुस्तालाई संग्लग्न गराउँदै हाम्रा भाषा संस्कृति, चाडपर्वहरु आदिको संरक्षण र सम्बर्द्धन गर्ने गराउने।

समुदायमा आइपर्ने विभिन्न समस्याहरुलाई एकत्रित रुपमा ब्यबस्थापन र आवश्यक सबैसंग समन्वय गरी आवश्यक श्रोत, साधन र बिज्ञहरुको ब्यबस्थापन गर्ने गराउने।

सर्वसाधारणहरुको दैनिक आय-आर्जनका लागि आवश्यक र उपयुक्त तालिमहरुको आयोजना गर्ने गराउने।

घटना बिचार र सुचनासंचारलाई चुस्तदुरुस्त बनाई समुदायलाई समय मै सहि सुचनाबाट सुसूचित गर्ने गराउने। हरेक निर्णय र क्रियाकलापहरुको अभिलेख पुर्ण पारदर्शी रुपमा सार्वजनिक गर्ने गराउने।

आपदकालिन आकस्मिक कोषको पारदर्शी रुपमा बन्दोबस्त गरि वितरण गर्ने गराउने।

संस्थामा समुदायको व्यापक सहभागिता र पुर्ण पारदर्शिता सहित सम्पुर्ण श्रोत साधनहरुमा सबैको सर्वसुलभ पहुँच र अवसरको वातावरणको सृजना गर्ने।

अत: नेपाली भाषा कक्षा व्यावसायिक रूपमा मात्रै चल्ने, आकस्मिक घटना दुर्घटनाका राहत सहयोगहरु “गो फन्ड्” “फेसबुक” तथा ब्यक्ति वा समुहगत रुपबाट मात्र सम्भब हुने, सार्वजनिक महत्वका “सुचना केन्द्र” स्थापना नहुने, धार्मिक, साँस्कृतिक तथा सामुदायिक धरोहर निर्माणमा बेवास्ता र ढिलासुस्ती र अपारदर्शी रुपमा सिमित ब्यक्तिको निर्णयले मात्र हुने, सबै महत्त्वपूर्ण समाजिक अभियानहरु लगायतका कामहरु स्वतस्फूर्त स्वयंसेवकहरु मार्फत नै हुनुपर्ने आदि इत्यादि संघसंस्था बाहिरबाट हुनुपर्ने हो भने सामाजिक संघसंस्था खोलिनुको अौचित्य के? किन समयको बर्बादीमा ? किन हुन्छ चुनाव र ठुला ठुला नारा? आफ्नै गुट उपगुट मै संस्थालाई बन्धक बनाएर र नाँचगानमै रमाएर कार्यकाल सकाउने हो भने किन हुन्छ नेतृत्व परिवर्तनको नाटक मंचन बेला न कुबेलामा?

माथिका केही सुझाव र सल्लाहहरुमा गम्भीर नहुने हो अब पनि संघसंस्थाहरुले सधैं झैं बेवास्ता मात्र गरिरहने हो भने विभिन्न नाममा खोलिएका यी संघसंस्थाहरु हुनु र नहुनुको अौचित्य के ?

समय मै चेतना भया!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...