Saturday, October 28, 2017

बिर्तामोडका डीएसपी जिल्ला तानिए, कर्फ्यु यथावत

११ कात्तिक,झापा–बालक लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्युबारे छानविनको माग गर्दै शुक्रवार विर्तामोडमा भएको प्रदर्शनमा दमन गरेको भन्दै ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी राजकुमार सिलवाल जिल्ला तानिएका छन् ।

सिलवालको स्थानमा इलाका प्रहरी कार्यालय अनारमीको प्रमुखको रुपमा डिएसपी जितेन्द्र बस्नेतलाई पठाईएको प्रहरी स्रोतको भनाई छ ।

स्थानीयले अर्जुनधारा नगरपालिका ११ बर्षिय बालक लक्ष्मण शिवाकोटीको हत्या भएको दाबी गर्दै घट्ना छानविनमा डिएसपीको भुमिका माथि प्रश्न उठाउँदै आएका थिए ।
शुक्रवार भएको प्रर्दशनका क्रममा डिएसपी सिलवाले अनावश्यक बल प्रयोग गरेको निष्कर्ष निकाल्दै उनको सरुवा गरिएको हो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का नरशे थापाको मृत्यु भएको थियो ।

 सत्यतथ्य छानविन गर्ने सर्वदलीय निर्णय
शनिवार मध्यान्ह प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, राजनितीक दलका प्रतिनीधी र सुरक्षा अधिकारी सम्मिलित बैठकले घट्नाको सत्यतथ्य छानविन गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार बिर्तामोडमा भएको दमनको घट्ना पनी छानविन गर्दै गृह मन्त्रालयका सह–सचिव विरेन्द्र यादव नेतृत्वको छानविन समितीलाई सघाउने निर्णय समेत बैठकले गरेको छ ।
स्थानीय प्रशासनले विर्तामोडमा लगाएको कफ्र्यु जारी छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...