Saturday, October 28, 2017

निर्वाचन लोकतान्त्रिक र साम्यवादी शासन व्यवस्थामध्ये एक रोज्ने अवसर

काठमाडौँ, ११ कात्तिक ः सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले प्रतिनिधि र प्रदेशसभा निर्वाचन लोकतान्त्रिक एवं साम्यवादी शासन व्यवस्थामध्ये कुन उपयुक्त हो भनी छान्ने अवसर भएको बताउनुभएको छ ।

गोकर्णेश्वर नगरपालिका–५ मा स्थापना भएको पृथ्वीनगर टोल सुधार समितिको आज उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले उदार र अधिनायकवादी शासन व्यवस्थामध्ये जनताको रोजाइ कुन हो भनी हेर्ने समय आएको विचार राख्नुभयो ।

निर्वाचन अघि कम्युनिष्ट पार्टीले वाम गठबन्धन बनाएर अधिनायकवादी व्यवस्था ल्याउने उद्घोष गरेपछि यस्तो माहोल बनेको उहाँको भनाइ थियो । “सहकारी विभागले कृषि र बहुउद्देश्यीय सहकारीलाई अनुदान दिन निवेदन आह्वान गरेको छ, कृषि एवं विविध क्षेत्रमा काम गर्ने सहकारीलाई सहयोग गर्ने नीतिबमोजिम निवेदन आह्वान गरिएको हो, युवा स्वरोजगार कोषले पनि बेरोजगार युवाका लागि सहकारीमार्फत रु दुई लाख व्यवसायका लागि प्रदान गर्छं”– मन्त्री बस्नेतले भन्नुभयो ।

पूर्व सांसद रामेश्वर फुयाँलले कवाडी भनी फालिएका वस्तुलाई बिक्री गरी विकास निर्माणका काममा लगाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता कृष्ण केसी, नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, वडा नं ६ का अध्यक्ष रमेश अर्याललगायतले टोलटोलको विकास निर्माणमा समितिले योगदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...