Saturday, October 28, 2017

परिवर्तनका लागि वामगठबन्धनले जित्नुपर्छ : महरा

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले देशमा आमुल परिबर्तनका लागि वामगठबन्धनले जित्नु पर्ने बताएका छन ।

राजधानीमा दाङ काठमाडौं संघीय जनसम्पर्क मञ्चले आयोजना गरेको प्रशिक्षात्मक भेलालाई सम्बोधन गर्दै महराले संविधानको कार्यान्वयनका लागि माओवादीले जित्नु पर्ने बताए ।

देशमा आमुल परिवर्तनका लागि वाम गठबन्धनलाइ जिताउन हरतरहले लाग्नु पर्ने भन्दै नेता महराले देशलार्इ समृद्वी बाटोमा अगाडि बढाउन स्थायी सरकारको खाँचो रहेको प्रष्ट पारे । संघिय गणतान्तिक मञ्चको भूमिकालार्इ फराकिलो बनाउन आग्रह गर्दै निरन्तर जनताका माझ सिपसहित जान पनि उनले अनुरोध गरे ।

महराले अाफू प्रचण्डको सपना पुरा गर्न लागेको धारणा राख्दै कोही पनि संकिर्ण नबनी सवै समाजवादी क्रान्ति सम्पन्न गर्न लाग्नु पर्ने बताए ।

त्यसैगरी दाङ काठमाडाैं संघिय जनसम्पर्क मन्चकाे अाज सम्पन्न प्रशिक्षण भेलाले अासन्न निर्वाचनलाई मध्यनजर गर्दै केहि बिभाग गठन गरि कार्यक्षेत्र बाँडफाँड गरेकाे छ। जसमा  अनन्तराज घिमिरेकाे नेतृत्वमा अार्थिक बिभाग, प्रकाश शर्माकाे नेतृत्वमा जनपरिचालन बिभाग, पवन रेग्मीकाे नेतृत्वमा यातायात बिभाग र पुष्प वलीकाे नेतृत्वमा प्रचार बिभाग गठन गरिएकाे छ।

त्यस्तै, निर्वाचनलाई सहयाेग गर्ने गरी १ नम्बर क्षेत्रमा बसन्त शर्मा बिक्रान्त, १ काे प्रदेश निर्वाचन क्षेत्र नंं.क मा अास्था केसी, ख मा कुलमान गिरीलाई निर्वाचन परिचालनकाे जिम्मेवारी दिएकाे छ। २मा बिश्व अधिकारी २ काे क मा सुवास घिमिरे, ख मा नरेश रेग्मी र ३ मा नबिन थापा र ३ काे क मा हाेताराम बिक, ख मा निमेश कुमार वलीलाई निर्वाचनका लागि अाबश्यक काम गर्नेगरी जिम्मेवारि दिईएकाे छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...