Saturday, October 28, 2017

पोखरामा टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

पोखरा, ११ कात्तिक  ः राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख २५ हजार ४५६ र द्वितीय हुनेले रु ५४ हजार ३२१ का साथमा ट्रफी र पदक प्राप्त गर्नेछन् ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...