अमेरिकाका ३५ औ पूर्व राष्ट्रपति जोन एफ केनेडी हत्या सँग सम्बन्धित २८ सय वर्गीकृत फाइलहरू जारी गरिएको छ l राष्ट्रपति ट्रम्प ले हिजो सामाजिक संजाल ट्वीटर मार्फत अक्टोबर २६ तारिख हत्याको अभिलेख (रेकर्ड्स ) सार्बजनिक गर्ने लेखेका थिए l
व्हाइट हाउसले उक्त सार्बजनिक गरेता पनि अस्थायी रूपमा केही “संवेदनशील” अभिलेख रोकेको छ l व्हाइट हाउसका वरिष्ठ प्रशासनिक अधिकारीले संचार कर्मीहरुलाई जानकारी दिदै केहि संबेदनशील कागजात रहेकोले १ सय ८० दिन सम्म गुप्तचर संस्थाका केहि सरोकारका बिषय समेत कारण यसो गर्नु परेको जनाएका छन् l
राष्ट्रपति ट्रम्पले आज मलाई कुनै विकल्प छैन भन्दै १ सय ८० दिन सम्म यसलाई समिक्षा गर्न आदेश दिएका छन् l पूर्व राष्ट्रपति जोन एफ केनेडी को नोवेम्बर २२ ,१९६३ मा टेक्सस राज्यमा उनको हत्या भएको थियो l
गोप्य राखिएको फ़ाइल्सहरु बारेमा लामो समय देखि अनेक अफवाह र अटकलबाजी के रहेको थियो भने केनेडीलाई गोलि हान्ने लि हार्भे ओसवाल एकै थिएन भन्ने चलि रहेको थियो भन्ने समाचार फक्स न्युजले लेखेको छ l
फक्स न्युज का अनुसार सीआइएका प्रवक्ताले जनाए अनुसार जेएफके को हत्या संग सम्बन्धित करिव ८७ हजार दस्तावेज निकालेको जनाएको छ l
No comments:
Post a Comment