अमेरिकाको डिसी महानगर मा नेपालका तराई जिल्ला तथा शहर बाट आएका तराईबासीको पहलमा डिसी क्षेत्रमा छठ पर्व ३ दिन सम्म चल्ने छ l गत अक्टोबर २५ तारिख देखि डीसी क्षेत्रको निजि निवासमा भेला भै छठ पर्व सुरु गरेका छन् l
अक्टोबर २६ तारिख डीसी महानगर क्षेत्रको पोटोम्याक नदी स्थित अलगोनकिएन पार्कमा साँझमा पूजा गरिएको छ l उक्त छठ पूजाको लागि अन्य राज्यहरु बाट समेत व्रतालुहरु आएका छन् l साँझ ४ बजे देखि सुरु भएको उक्त पूजा अध्यारो नहुन्जेल चलेको थियो भने अक्टोबर २७ तारिख बिहान पुन सोहि स्थानमा ६ बजे भेला हुने कार्यक्रम रहेको छ l
निरहार व्रतालुहरुले बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने पोटोम्याक नदीको किनारामा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरे । अक्टोबर २७ तारिखका बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ चढाए पछि छठ पर्व सम्पन्न गर्ने छन् l
सूर्यको पूजा अर्चना गरी मनाइने सूर्यको पूजासम्बन्धी श्लोक ऋग्वेदमा पाइन्छ भने महाभारत कालमा द्रौपदीले छठ पर्वको व्रत लिएको सन्दर्भ उल्लेख गरिएको पाइन्छ ।
कातिक शुक्ल चौथी तिथिदेखि सप्तमी तिथिसम्म यो पर्व मनाउने गरिएको छ । यो पर्वमा गहुँको पीठो, नरिवल, किसमिस, दालचिनीजस्ता मसला, घिउ, चीनी, भेलिको समिश्रणबाट बनाइएको ठकुवा, खजुरी आदि बनाइन्छ । चामलको पीठोबाट भुसुवा, मैदा सुजीको समिश्रणबाट पेरूकिया जस्ता मिठाई बनाइन्छ ।
अमेरिकाको डीसी महानगर क्षेत्रमा नेपालको तराई क्षेत्र बाट आएका तराई बासिहरुले एक दशक अगाडी सुरु गरिएको यो छठ पर्व बिस्तारै वृद्धि हुदै गइ रहेको छ l र यसको लागि विभिन्न राज्यहरु बाट समेत छठ मनाउन आउन थालेका छन् l
डीसी क्षेत्रमा बसोबास गर्ने कृपा सिंह तथा वहा कि जीवन संगिनी अनिता सिंह तथा विजय सिंह लगायत केहि परिवारले सुरु गरेको यो पर्व निकै चर्चा परिचर्चा हुन् थालेको छ l अक्टोबर २७ तारिख बिहान प्रसाद बितरण गर्ने समेत कार्यक्रम रहेको छ l
No comments:
Post a Comment