Sunday, October 29, 2017

एभरेष्ट आईडलको उपाधि सोनाहाङलाई

लन्डन, कार्तिक १२। अल्डरसटस्थित एम्पायर हलमा ई–मेडिया हबको आयोजनामा शनिवार सम्पन्न पहिलो ‘एभरेष्ट आईडल युके’ गायन प्रतियोगिताको उपाधि सोनाहाङ राईले जितेका छन्।

आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अप दिप प्रकाश राई चुनिएका कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत तथा साहित्यकार डा.दुर्गा बहादुर सुबेदी ‘दुबसु’को प्रमुख आथित्य रहेको कार्यक्रममा विशेष अतिथिमा एनआरएन वेलायतका अध्यक्ष योग कुमार फगामी रहेका थिए। अन्य अतिथिहरुमा प्रायोजकहरु दिपेश लामा, देउकी राई, सूर्य गुरुङ, जितेन्द्र चेम्जोङ्, कुमार पुन, बलबहादुर राई, दुर्गा घले गोकर्ण चोङ्बाङ्, चित्रकुमार राई, याम शेरचन, निरा पिजी, धिरेन्द्र चेम्जोङ् र शंकर गुरुङ र साहित्यकार विश्वासदिप तिगेला लगायत उपस्थिती रहेका थिए ।

ई–मेडिया हबका कार्यकारिक निर्देशक ईश्वर चाम्लिङ राईले कार्यक्रम सफल पार्न उपस्थित संगीतप्रेमी, सहयोगी र दर्शकलाई स्वागत गर्दै आईडलका पुरस्कार प्रायोजकहरुलाई विषेश धन्यवाद दिएका थिए ।

प्रमुख अतिथि डा. ‘दुबसु’ले शुभकामना मन्तव्य व्यक्त गर्दै उनले भने-‘यस प्रतिस्पर्धामा कोही पनि हारजीत हुदैन, जितेर पनि गौरब र अहङ्कार गर्नु हुदैन, प्रवासी भूमिमा रहेर नेपाली गीत संगीतमा लागी पर्नुले नै सबै प्रतियोगीहरुले आईडल जिति सकेको बताए। नेपाली साँगीतिक आकाशमा कालखण्डका गायकहरु मास्टर मित्रसेनदेखि राजेश पायल राई, दिपक लिम्बु सम्मका पुस्ताका नामहरु सम्झदै गोरखाली वीरताका इतिहास, बहादुरीको इतिहासकासाथै हाम्रो बहादुरी, धर्म, संस्कार सँस्कृति जोगाउन हामी सफल भएको उल्लेख गर्दै प्रतिस्पर्धीहरुलाई शुभकामना ब्यक्त गर्दै अन्त्यमा राष्ट्रकवि माधब घिमिरेको कविता वाचन गरेका थिए।

प्रतियोगीतामा १४ प्रतिस्पर्धीहरु सोनाहाङ् राई, सुमि राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छु शेर्पा, किरण गुरुङ, आइती गुरुङ, निरु चन्द, दीपप्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार, नन्दिता राई भएकोले कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो।

पहिलो चरणमा ४ जना प्रतिस्पर्धीहरु हटे भने, दोस्रो चरणमा ५ जनालाई पछि पार्दै प्रतिस्पर्धिहरु दीप प्रकाश राई, निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ अन्तिम चरणमा पुग्न सफल उक्त प्रतियोगितामा ‘सान्नानीले झुक्यायो मलाई र कहाँ थियौ तिमी रङ्ग मञ्च उठेपछि आयौ’ बोलको दुई गीत प्रस्तुत गर्दै बेलायतकालागि नेपाली सांगीतिक धरातलमा ऐतिहासिक रुपमा पहिलो एभरेष्ट आईडलको उपाधिसहित नेपाली रुपैया १ लाख ६५ हजार सोनाहाङ राइले हात पारेका हुन्।

उक्त आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अप दिप प्रकाश राई भए।आईडलका निर्णायकहरु शर्मिला बर्देवा, शितु खरेल, बिसी राई र पर्यवेक्षक जज लेजेन्डरी गायक नोर्देन तेन्जिङ भोटियाले फाईनलका १४ प्रतिस्पर्धीहरु सबै उत्कृष्ट रहेकाले उनीहरुबाट पहिलो ‘एभरेस्ट आईडल’छान्न निकै गाह्रो परेको तर, दर्शकको भोटिङको आधरले धेरै सजिलो बनाएको बताए।

आईडलको पुरस्कार प्रायोजकहरुमा न्यू लक्ष्मी ज्वेलरी ‘ग्राण्ड मास्टर स्पोन्सर’,देउकी राई ‘मास्टर स्पोन्सर’, पिपल मर्गेज ,गोर्खा भिल्लाआशफोर्ड ,दुर्गा घले ,पुनहिल ग्रोसरी सप ,फोर्सेस क्याब ,एभरेस्ट सेक्युरिटी ,गोर्खा प्रोपर्टिज ,जेन ट्राभल्स ,काठामाडौं ज्वेलर्र ,’स्पोन्सर’ गीतकार निरा पिजी ,’मिनी स्पोन्सर’ गोर्खा भिल्ला अल्डरसट र यूरोपा फूडले प्रायोजन गरेका थिए ।

उक्त कार्यक्रमलाई साहित्यकार नबराज राई र मिस यूके नेपाल २०१४ की विजेता नेहा देवानले संयुक्त रुपमा सञ्चालन गरेका दिए।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...