Sunday, October 29, 2017

आइसिटी पत्रकार भरतराज उप्रेती बोष्टर मिडिया अवार्ड २०७४ बाट सम्मानित

 

मिडिया अवार्ड २०७४ बाट पत्रकारीता सम्मान आइसिटी पत्रकार (आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष) भरतराज उप्रेतीलाई प्रदान गरिएको छ । हसाउदै खुशी र ज्ञान बाड्दै मनोक्रान्तिको योद्धा तथा लिडर डा। योगी विकासनन्दको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको चौथो वार्षिकोत्सव अवसरमा आइसिटी पत्रकार उप्रेतीलाई सम्मान गरिएको हो ।

nni

धन्यवाद बोष्टर मिडियालाई, विशेष धन्यवाद् मनोक्रान्तिका योद्धा डा. योगी विकासनन्दलाई पत्रकारीता सम्मानबाट सम्मानित गर्नुभएकोमा, आभारी छु बोष्टर मिडिया परिवार अनि बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाप्रति आइसिटी पत्रकार भरतराज उप्रेतीले आफ्नो फेसबुकमा लेखेका छन् ।

चुनौती र सङघर्षले नै आइसिटी पत्रकारीता सिकायो – भरतराज उप्रेती 

आइसिटीमा भाषण गरेर इभेन्ट कन्फरेन्स आयोजना र टेक्नोलोजी भित्र्याएर मात्र आइसिटीको विकास सम्भव छैन । युवा पुस्तालाई आइसिटी अवसर दिदै समग्र सूचना प्रविधिको विकासमा लगानी खर्चिन हो भने आइसिटी सूचनालाई आम नागरिकको पहुँचमा पुर्याउन प्रिन्ट, अनलाइन र सोसल मिडिया माध्यमलाई प्रयोगमा ल्याउनुमा नै बुद्धिमानी हुने आइसिटी पत्रकार उप्रेतीको तर्क छ ।
विकासको मोडल थ्री वीनको थ्येवरी – डा. विकासनन्द
Inline image 1
बोष्टर मिडियाको चौथो वार्षिकोत्सव समारोहमा बोल्दै   योगी विकासनन्दले भने  समाज रुपान्तरण र विकासका लागि सबैलाई खुशी तथा सुखी बनाउन आवश्यक छ । विन विनको मोडल अब समाप्त भइसक्यो । तपाई के का लागि काम गर्नुहुन्छ, खुशीका लागि होइन, खुशीका लागि तपाईले काम गर्दैगर्दा तपाई दुइपक्ष बीच मात्र होइन त्यो खुशी अब समाजका लागि पनि लागू हुनुपर्दछ । त्यसो भयो भने मात्र व्यक्ति परिवार र समाज सुखी हुन्छ । यी तिनै पक्ष सुखी भएपछि समाज रुपान्तरण र विकास सफ हुन्छ । आज संसारका जति पनि विकसित देशहरु छन् । त्यहाँ यो कुरा लागू भइसकेको छ । त्यसैले थ्री विनको सिद्धान्तलाई हामीले अभियानको रुपमा अगाडी बढाउनु आवश्यक छ । यसो भयो भने मात्र सोचेका कुरा र गरेका कामले सार्थकता पाउँछन् त्यो पनि सबैका खुशी र सुखीका साथ, हा। हा। हा, डा। योगी विकासनन्दले ठूलो स्वरमा चिच्याउदै भने ।
चौथो वार्षिकोत्सव अवसरमा बोस्टर मिडियाको स्मारिका बिमोचन समेत गरिएको थियो । त्यस्तै बोष्टर मिडिया राष्ट्रिय सम्मान २०७४ बाट कृषि उद्यमी तथा अभियन्ता जयकला बस्नेत, स्वास्थ्यकर्मी डा। रुपा झा, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ, शैक्षिक क्षेत्रका प्रशिक्षक विनोद कार्की, ब्युटीसयन रस्मिला श्रेष्ठ, सामाजिक अभियन्ता आनी भिमसुवा गुरुङ, युवा व्यवसायी संजीव गिरीलाई सम्मानित गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...