गत २८ अक्टुबर २०१७ को दिन बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा ई–मेडिया हबकोआयोजनामा पहिलो “एभरेस्ट आईडल (गायन)” सम्पन्न, सोनाहाङ राइ बने ई–मेडिया हबको पहिलो“एभरेस्ट आइडल” ।
बेलायतका लागी नेपाली राजदुत महामुहिम साहित्यकार डा.दुर्गा बहादुर सुबेदी “दुबसु” को प्रमुखआथित्य रहेको यस कार्यक्रममा विशेष अतिथिमा एन आर एन यूकेका वर्तमान अध्यक्ष योग कुमारफगामी रहनु भएको थियो, साथै अन्य अतिथिहरु यस आईडलका प्रायोजकहरुः दिपेश लामा, देउकिराई, सुर्य गुरुङ्, जितेन्द्र चेम्जोङ्, कुमार पुन, बल बहादुर राई, दुर्गा घले गोकर्ण चोङ्बाङ्, चित्र कुमारराई, याम शेरचन, निरा पिजी, धिरेन्द्र चेम्जोङ्, शङ्कर गुरुङ् रहनु भएको थियो ।
ई–
मेडिया हबका सि ई ओ ईश्वर चाम्लिङ राईले कार्यक्रमको शुरुवातमा उपस्थित सम्पुर्ण संगित प्रेमी रसाथ सहयोग गर्न पाल्नु भएकाहरुलाई वहाहरुको त्यो उपस्थित बिना कार्यक्रम सफल नहुने अवगतगराउदै सम्पुर्णलाई स्वागत गर्नु साथै यस आईडलको पुरस्कार प्रायोजकहरु सम्पुर्णलाई विषेश धन्यवादपनि दिए ।
प्रमुख अतिथि महामुहिम डा.
“दुबसु” कार्यक्रमको शुभकामना मन्तब्यमा बोल्दै “यस प्रतिश्पर्दामा कोहिपनि हारजीत हुदैन जितेर पनि गौरब र अहङ्कार गर्नु हुदैन, डायस्पोरा बेलायत भुमिमा रहेर नेपाली गीतसङ्गितमा लागी पर्नुलेनै सबै प्रतियोगीहरुले आईडल जिति सकेको गौरवसाथ भन्नुभयो । यस्का साथैनेपाली साङ्गेतिक आकाशका कालखण्डका गायकहरु मास्टर मित्रसेन देखि राजेश पायल राई, दिपकलिम्बु सम्मका पुस्ताका नामहरु सम्झदै गोरखाली विरताका ईतिहास, बहादुरीको ईतिहास साथसाथैहाम्रो बहादुरी, धर्म, सस्कार सस्कृती जोगाउन हामि सफल भएको जनाउनु भयो ।
साथै सम्पुर्णप्रतिश्पर्धिहरुलाई शुभकामना ब्यक्त गर्दै अन्त्यमा राष्ट्रकवि माधब घिमिरेको कविता दुइ हरफ सुनाएरविदा लिनुभयो ।
उक्त प्रतियोगीतामा १४ प्रतिस्पर्धिहरु क्रमश सोनाहाङ् राई, सुमि राई, मार्गरेट लिम्बु, निमान तामाङ,काशी राई, लच्छु शेर्पा, किरण गुरुङ, आईति गुरुङ, निरु चन्द, दिप प्रकाश राई, प्रवेश राई, मनोजगुरुङ, शकुन सुनुवार, नन्दिता राई भएकोले कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो ।
पहिलोचरणमा ४ जना आउट, दोस्रो चरणमा ५ जना आउट गर्दै र फिनालेमा ५ जना क्रमशः दिप प्रकाश राई,निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ पुग्न सफल उक्त प्रतियोगीतामा “सान्नानिलेझुक्यायो मलाई र कहा थियौ तिमी रङ्ग मञ्च उठेपछि आयौ” बोलको दुई गीत गाएर सबैलाई पछि पार्दैबेलायतका लागी नेपाली सांगेतिक धरातलमा ऐतिहासिक पहिलो एभरेष्ट आईडलको उपाधि साथै १२सय पाउण्ड पनि सोनाहाङ राइले हात पारेको हो । उक्त आईडलको फस्ट रनर अप निमान तामाङ् रसेकेण्ड रनर अप दिप प्रकाश राई भएका थिए ।
उक्त आईडलका जजहरु क्रमश शर्मिला बर्देवा, शितु खरेल, बि सी राई र पर्यवेक्षक जज लेजेन्डरीगायक नोर्देन तेन्जिङ भोटियाले फाईनलका १४ प्रतिस्पर्धिहरु सबै एकसा एक भएकोले उनिहरुबाटपहिलो “एभरेस्ट आईडल” छान्न निकै गा¥हो भएको तर पब्लिक भोटिङले धेरै सजीलो बनाएको बताए ।
यस आईडलको पुरस्कार प्रायोजकहरुः न्यू लक्ष्मि ज्वेलरी “ग्राण्ड मास्टर स्पोन्सर”, देउकि राई “मास्टरस्पोन्सर”, पिपल मर्गेज “मास्टर स्पोन्सर”, गोर्खा भिल्ला, आशफोर्ड “मेजर स्पोन्सर”, दुर्गा घल “मेजरस्पोन्सर” पुनहिल ग्रोसरी सप “मास्टर स्पोन्सर”, फोर्सेस क्याब “मास्टर स्पोन्सर”, एभरेस्ट सेक्युरिटी“मास्टर स्पोन्सर”, गोर्खा प्रोपर्टिज “मास्टर स्पोन्सर”, जेन ट्राभल्स “मास्टर स्पोन्सर”, काठामण्डौ ज्वेलर्र“स्पोन्सर”, निरा पिजी “मिनी स्पोन्सर”, गोर्खा भिल्ला अल्डरसट “मिनी स्पोन्सर”, यूरोपा फूड “मिनीस्पोन्सर” रहेका थिए भने मिडिया पार्टनरमा www.hknepal.com एचकेनेपाल डट कम रwww.hknepal.com विनेपाली डट्कम रहेका थिए ।
साँझ निर्धारित समय ५:३० बाट शुरु भएर मध्यरात १२ बजे सकिएको उक्त कार्यक्रमलाई साहित्यकारनबराज राई र मिश यूके २०१४ का नेहा देवान दोयले सञ्युक्त रुपमा सञ्चालन गरेका दिए ।
No comments:
Post a Comment