Monday, October 30, 2017

गोवर्धन पूजालाई “राजमित्र स्मृति प्रज्ञा पुरस्कार”

३० सेप्टेम्बर / अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको पहलमा साहित्यकार सुशील नेपालले आफ्ना मातापिताको नाममा स्थापना गर्नु भएको “राजमित्र स्मृति प्रज्ञा पुरस्कार” यसपटक साहित्यकार गोवर्धन पूजालाई प्रदान गरिने भएको छ |

अमेरिकी डलर दुई सय पचास नगद सहित सम्मान पत्र रहेको उक्त पुरस्कार अमेरिकाको बोष्टन लाई कार्य क्षेत्र बनाई साहित्यिक सिर्जना गर्ने र सिर्जना गर्न उत्प्रेरित गर्ने साहित्यकारलाई प्रदान गर्ने गरिन्छ | यसअघि साहित्यकार भारती गौतम र दिनेश राजभण्डारीलाई प्रदान गरि सकिएको यो पुरस्कार पूजालाई आगामी महिना बोष्टनमा आयोजना गरिने लक्ष्मीजयन्तीमा प्रदान गरिने छ |

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रित महासचिव समेत रहेका गोवर्धन पूजा अमेरिकामा रहेर सक्रिय सिर्जना गर्ने सर्जक मध्यमा गनिन्छन | उनका पीडा अवतार, वाचाल ओठहरू ,प्रेम अवतार, अनामनगरकी अम्विका लगायतका कविता कृति सहित कथा, गज़ल, उपन्यास विधाका नौ कृति प्रकाशित छन् | राष्ट्रिय कविता महोत्सब सहित एकदर्जन कविता प्रतियोगतामा पुरस्कृत भइसकेका साहित्यकार पूजाले नेपाल सरकारले प्रदान गर्ने “युवावर्ष मोति पुरस्कार”, भानुमोति पुरस्कार , नारायणी बांगमय पुरस्कार, अनेसास गीता खत्री सर्वोत्कृष्ट गज़ल पुरस्कार, भानुभक्त लेखन पुरस्कार, गज़लश्री सम्मान, नवकविता पुरस्कार लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् |

नेपाली साहित्य र भूगोल बिषयमा एम एम गरेका पूजाले नेपालमा हुदाँ कलेजमा प्राध्यापन गर्नुका साथै अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा आठ वर्ष वरिष्ट उप-सम्पादकको जिम्मेवारी पनि लिएका थिए | उनका सिर्जमा माथि त्रिविको नेपाली विषयका विद्यार्थीले शोध ग्रन्थ पनि तयार परिसकेका छन्

अनेसास बोस्टन च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदी, पूर्वअध्यक्ष हरिप्रसाद काफ्ले, तथा दिनेश राजभण्डारीको त्रिसदस्यीय निर्णायक समितिबाट यो निर्णय गरिएको हो |

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...