Thursday, November 23, 2017

स्वामी कमलनयनसहित पाँच पक्राउ

सुरुङ्गा झापा, ७ मंसिर ः निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष रामचन्द्र बाँनिया (क्षेत्री), महासचिव सुरेन्द्र कार्की, जिल्ला अध्यक्ष कृष्णप्रसाद चुडाल, उपाध्यक्ष महेन्द्र भट्टराई रहेका छन् ।

बिर्तामोडस्थित साई पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर चुनावमा आफूहरू सहभागी नहुने र चुनाव तत्काल स्थगन गर्न उनीहरूले माग गरेका थिए । पत्रकारसम्मेलन सकिएको केहीबेरमै उनीहरूलाई प्रहरीले सोही प्यालेसबाट प्रेस विज्ञप्ति, मोर्चाको घोषणापत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये स्वामी कमलनयन मोर्चाका धार्मिक प्रवक्ता रहेको बताइएको छ ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...