Thursday, November 23, 2017

समृद्धि र विकास नेपाली कांग्रेसबाहेक अरुले गर्न सक्दैन् ः महामन्त्री काइराला

नवलपरासी, ७ मंसिर  । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेपालमा समृद्धि र विकास नेपाली कांग्रेसबाहेक अरुले गर्न नसक्ने बताउनुभएको छ ।

आज नवलपरासीको प्रगतीनगर क्षेत्रमा चुनावी प्रचार प्रसार कार्यक्रममा उहाँले भन्नुभयो — “मुलुकको बृहत्तर हितका लागि काँग्रेसको विकल्प छैन् ।”

बर्दघाट सुस्तापूर्व नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका महामन्त्री कोईरालाले अघिल्लो पटक नेपाली कांग्रेसको अगुवाईमा संविधान जारी भएको र अब कांग्रेसको नेतृत्वमा संविधानको प्रभावकारी कार्यान्वयन हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसले समृद्धि र स्थिरता दिन्छ, उहाँले भन्नुभयो — “काग्रेसकैं नेतृत्वमा संविधान जारी भएको र काग्रेसकैं नेतृत्वमा विकास र समृद्धिको अभियान शुरु हुन्छ ।” त्यसैले हुने बताउनुभयो ।

महामन्त्री कोइरालाले देश विकास र लोकतन्त्र जोगाउनका लागि नेपाली कांग्रेसलाई भोट दिएर जिताउन सबैमा आग्रह गर्दै यस क्षेत्रको चौतर्फी विकाससहित यहाँको संभावनालाई पहिचान गरी विकास निमार्णलाई अगाडी वढाउनेदेखि प्रादेशिक विश्वविद्यालय स्थापना गर्नेसम्मका काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...