दीपाश्री निरौला निर्देशित तथा दीपकराज गिरी र विभिन्न हाँस्य कलाकार मिलेर बनाएको चलचित्र ‘छक्का पन्जा २’ हेर्न डिसीमा घुईचो हुनुको साथै चलचित्र मन्दिर भरि भराउ रह्यो l
अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शित भएको उक्त चलचित्र हेर्न दुई दिन देखि अविरल वर्षा भएता अमेरिकामा जन्मिएका बालबालिकाहरुको साथै बिभिन्न पेशामा संलग्न व्यक्तिहरु ,बुवाआमा ,हजुरबुवा हजुरआमाहरु समेत चलचित्र हेर्न आएका थिए l
अधिकांश दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् भने चलचित्रको कथावस्तु दर्शकलाई राम्रो लागेको ,समय काटेको थाहा नै भएन ,राम्रो चलचित्र हेरुन्जेल मनोरंजन लागेको र चलचित्रमा खारिएका हास्यकलाकार भरिभराउ भएकोले दर्शकले मनोरंजन गरेको बताए l
दर्शकले प्रियंका कार्कीको भूमिका निकै रुचाएको प्रतिकृया दिएका छन् l चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ हास्य व्यंग्य शैलीमा उठान गरेकोले मन परेको बताए l अहिलेको बिदेशी जीवन शैलीलाई राम्रो संग चित्रण गरेको बताए l
मनोरंजनको दृष्टिकोणले राम्रो ,अहिलेका पिढीहरु र पढे लेखेकाहरु विदेश जाने जुन प्रवृति छ यो चलचित्रले पकड गरेको र बढो मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेको प्रा डा गोपी उप्रेती ले बताए l यसै गरि युवा नृत्य निर्देशक नबिन केसीले खारिएका कलाकार भएकोले राम्रो लागको बताए l यसै गरि पत्रकार गुणराज लुइँटेलले जीवन शैली कतिको जटिल भै रहेको ,कागजी बिबाह र अहिले जुन समस्या छ यसको बारेमा राम्रो प्रस्तुति गरेको बताए l साहित्यकार गोविन्द गिरि प्रेरणाले मनोरन्जनात्मक रहेको प्रतिक्रिया दिए l
दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको राम्रो भूमिका रहेकोले सन्तुष्ट भएको बताए l
No comments:
Post a Comment