Sunday, November 5, 2017

१०० दिनको आफ्नो प्रगति बिबरण प्रस्तुत गर्ने नेपालकै पहिलो वडा अदक्छय

स्थानिय चुनाब सिद्धिएको लगभग ४ महिना हुनै लाग्दा झापाको झापागाउपालिका वार्ड न.४ का वडा अधक्क्षय राजु जंग भारतीले आफ्नो  कार्यालय समय बाहेक आफ्नो गाउपालिकामा गरेको १०० दिनकोकार्यहरुको प्रगति विवरण पेस गरेका छन् !

बिधिबत रुपमा सपथ ग्रहण गरेपछि आफ्नो बिजय जुलुशमा भाग नलिएर भत्केको बाटो मर्मत गर्न हिंडेर चर्चा बटुलेका भारतीले यो १००दिनमा गरेको कार्यहरुको विवरण हेर्दा जो कोही पनि चकित हुन्छ्न।

स्कुल जान नसक्ने बाटोहरु मर्मत सम्भार गर्नु, पुराना स्मारक मर्मतसम्भार गरेर सिंगार्नु, पौरणिक महत्व बोकेको शिवालय मन्दिर सरसफाई गर्नु, नमुना खेल मैदान बनाउने उदेश्यको साथ तेस्लाईसरसफाई गरि सम्याउनु, बाढीपिडित तथा उत्थान समिति बनाइ राहातकार्यलाई चुस्त बनाउनु , आफ्नो वडाको बाढीपिडितहरुलाई तुरुन्त गाँस, बास, कपाश उपलब्ध गराउनु, आफ्नो वडामा भत्किएको पुलमा

तुरुन्त आवतजावतको लागि बाँसको पुल निर्माण गर्नु, झापागाउपालिकाको बाढीपिडितहरुका लागि आफ्नै सक्रियतामा अमेरिकाबाट १०१३ परिवारलाई पुग्ने राहत बितरण गर्नु, पहिलो राहातआफ्नो वडा भन्दा बढि क्षती भएको वडाका ६०० परिवारलाई बाड्नु , बाढिले जियान गुमाएका झापा गाउपलिकाका प्रतेक मृतक परिवार (७)लाइ रु५०००.०० हजारको दरले राहत बाड्नु, आफ्नो वडाको कोहि पनि बाढीपिडित हरु नछुटुन भनेर पटक पटक गरि जम्मा ४१३परिवारलाइ राहत वितरण गर्नु, बाढिले बगाएको मूल बाटोहरुलाई मध्यरात सम्म बसी मर्मत सम्भार गरि पूर्णता दिनु, हरेक वर्ष तिहार चाडमा लाग्ने मेलामा विभिन्न निकायहरु संग समन्वय गरि सोहार्दपूर्ण बातावरणमा सफलताको साथ् सम्पन्न गर्नु, वडाका कोही पनि बालबालिका पढन बाट बन्चित नहुन भनी “शिक्षा सबैका लागि” आयोग गठन गर्नु इत्यादि रहेको छ।

सामान्यतः देशमा गठन हुने नया सरकारले आफ्नो १०० दिन हनिमून पिरियड पुरा गरे पछि आफ्नो प्रगति बिबरण पेश गर्ने प्रचलन रहेता पनि स्थानिय सरकारमा भने यो सम्भवत नौलो र पहिलो थालनी हो।

एक जिम्मेवार जन प्रतिनिधिको हैसियतले मेरा वडाबासीले थाहा पाउनु पर्छ कि आफ्नो जन प्रतिनिधि के गर्दैछन भनेर र आगामी दिनमा के कस्ता योजना लिएर आउँदै  छन् र जिम्मेवार नागरिकको हैसियत ले के कस्ता सल्लाह  सुझाब दिन सकिन्छ भनेर जान्न एकदमै आवश्यक छ भनेर भनछन भारती ।

उसको काम गर्ने तरिका, सबैलाई परेको बेला जति खेर पनि सहयोगको लागि तत्पर हुनु, उसमा भएको मेहनत र लगनशिलता कै उपज हो जसले गर्दा उ मनोनित हुँदा खेरि देखि नै निर्बिरोध उमेद्वार जस्तै थियो र आफ्नो प्रतिद्वन्दी उम्मेदवारलाई भारि मतका साथ् पराजित गर्न सकेको हो। उसको क्षमता यो गाउपलिकाको मात्र नभएरपुरै देशको एउटा उत्क्रिस्ट वडा अधक्च्य बन्ने खुबी रहेको बताउछन् यस गाबिसका भुतपूर्व अधक्च्य लक्ष्मी प्रसाद उप्रेती।

राजनीति शास्त्रमा बिए पढेका भारतीले नेकपा एमालेको तर्फबाट झापाको झापा गाउपालिका वार्ड न.४ बाट अतियाधिक बहुमतका साथ बिजयी भएका थिए !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...