Friday, November 3, 2017

राजनीतिकस्थिरता र आर्थिक समृद्धिका लागि वाम गठबन्धन

पोखरा, १७ कात्तिक : प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा कास्कीका वाम गठबन्धनका उम्मेदवारले राजनीतिकस्थिरता र आर्थिक समृद्धिका लागि वाम गठबन्धन भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, कास्कीद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरूले राजनीतिक अस्थिरताका कारण पटक÷पटक सरकार बदलिने क्रमले देशको विकास अपेक्षित रुपमा बढ्न नसकेका कारण स्थिर सरकार निर्माणका लागि वाम गठबन्धन भएको स्पष्ट पारे ।

सो अवसरमा कास्की क्षेत्र नं– १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले आर्थिक समृद्धि र विकासका लागि राजनीतिक स्थिरता आवश्यक भएको महसुस गरी देशमा वाम गठबन्धन भएको बताउँदै निर्वाचनसँगै देश नयाँ युगमा प्रवेश गर्ने बताउनुभयो ।

कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारीले विद्यमान शासन प्रणालीले कुनै एक दलको स्पष्ट बहुमत आउने अवस्था नरहेका कारण राजनीतिक स्थिरताको लक्ष्यका साथ वाम गठबन्धन भएको उल्लेख गर्नुभयो ।

अवको राजनीति कसैलाई आक्षेप गरेर मात्र नचल्ने बताउँदै उहाँले समृद्धि र विकास नै अवको मूल मुद्दा भएको बताउनुभयो ।

कास्की क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका अर्का उम्मेदवार जगत विश्वकर्माले संविधान जारी भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेका अवस्थामा यसको सफल कार्यान्वयनका लागि वाम गठबन्धनका उम्मेदवारको विजय आवश्यक भएको बताउनुभयो ।

प्रदेश सभा सदस्यतर्फ कास्की क्षेत्र नं १ ९क०का का उम्मेदवार दीपक कोइराला र ९ख०का मनबहादुर गुरुङ, क्षेत्र नं। २ ९क०का कृष्ण थापा र ९ख०का राजकाजी गुरुङ तथा क्षेत्र नं। ३ ९क०का रामजी बराल र ९ख०का राजिव पहारीले कृषि, पर्यटन लगायतका क्षेत्रको विकास गर्दै आ–आफ्ना प्रदेशलाई आर्थिक समृद्धि र विकासका मार्गमा उन्मुख गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...