Friday, November 3, 2017

आचारसंहिता पालना गर्न निर्देशन

तनहुँ, १७ कात्तिक  ः मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ ।

सबै उम्मेदवारलाई निर्वाचन सम्बन्धी आचारसंहिताको बारेमा जानकारी गराउने उद्देश्यले सो कार्यालयद्धारा आज दमौलीमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रुपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो भन्नुभयो ।

“उम्मेदवारलाई सुरक्षा व्यवस्था गर्नुपर्ने अवस्था रहेको छ भने पनि हामी त्यो व्यवस्था गर्न तयार छौ, तपाईहरु ढुक्क हुनुहोस्,” उहाँले भन्नुभयो– “कुनै पनि राजनीतिक दलले उम्मेदवारको चिन्ह लोगो भएको ज्याकेट, टोपी, गम्छा बिक्री वितरण नगर्न, बालबालिकाको प्रयोग नगर्न, ब्यानर पोष्टर बनाउँदा प्रचारप्रसार गर्दा आचारसंहितामा उल्लेख भए विपरीत गर्नु हुँदैन् ।”

जिल्ला निर्वाचन कार्यालयका प्रमुख बाबुराम घिमिरेले जनशक्तिको आकलन तथा मतदाता स्वयंसेविका प्रशिक्षण लगायतको कार्यालयले गर्नुपर्ने काम अघि बढाइसकेको जानकारी गराउनुभयो ।

वाम गठबन्धनबाट क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान र क्षेत्र नं २ का उम्मेदवार केदार सिग्देलले कर्मचारी खटनपटन गर्दा तटस्थ र निष्पक्षताको अनुभूति हुने किसिमले काम गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले निर्वाचन आचारसंहिता पालना गर्न काँग्रेस प्रतिबद्ध रहेको छ भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रितेश शाक्यले उम्मेदवारी दर्तादेखि मतगणनाको नतिजा नआउदासम्म सुरक्षा सम्बद्ध निकायले शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...