Friday, November 3, 2017

दूरसञ्चार पूर्वाधार सेवाका लागि अनुमति दिने

काठमाडौँ, १७ कात्तिक  ः दूरसञ्चार सेवालाई सरल तथा विश्वसनीय तुल्याउने उद्देश्यका साथ ‘दूरसञ्चार पूर्वाधार सेवा’का लागि अनुमति दिने भएको छ ।

सरकारले तयार गरेको दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को प्रावधानअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक दुई वटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालकाअनुसार पूर्वाधार सेवा प्रदायक संस्थाको स्थापना भएपछि पूर्वाधारमा नक्कल नहुने, ग्राहकले सस्तो सेवा पाउने र वातावरणीय सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ ।

हाल दूरसञ्चार सेवा प्रदान गर्दै आएका कम्पनीहरुले आफैँले बनाउनुपर्ने अवस्थाको अन्त्य भएपछि त्यसको प्रभावस्वरुप ग्राहकले सस्तो सेवा पाउने विश्वास लिइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...