Monday, November 27, 2017

निर्वाचनबाट लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा प्राप्त

काठमाडौँ, ११ मंसिर  ः नेपाली काँग्रेसका नेता एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पहिलो चरणमा सम्पन्न निर्वाचनबाट लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा मिलेको बताउनुभएको छ ।

नेता खाँणले यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा जनताको साथ, सहयोग र समर्थनले लोकतन्त्रलाई सुदृढ गर्ने र काँग्रेसलगायत सबै राजनीतिक दललाई निर्वाचनले थप प्रेरणा मिलेको उल्लेख गर्नुभएको छ ।

संयोजक खाँणद्वारा आज जारी विज्ञप्तिमा नेपालको संविधानानुसार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ३२ जिल्लामा पहिलो चरणको निर्वाचन उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको जनाइएको छ ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि उत्साहपूर्ण सहभागिता र सहयोग गरी मतदान गर्ने नागरिक, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई समितिका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ । नेता खाँणले निर्वाचन मुलुकमा स्थायी शान्ति, आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण भएकाले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि उत्साहपूर्ण सहभागिता जनाउन आह्वान गर्नुभएको छ ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts