Saturday, November 4, 2017

नेपाल फर्किएपछि र्यापर साकार यस्तो अवस्थामा ! आमा भन्छिन, ‘साकार अब बिग्रियो भने उसलाई नै त्यागीदिन्छु’ [ भिडियो ]

 

पिएनपिखबर। अष्ट्रेलियामा छदा सामाजीक संजाल फेसबुक मार्फत लाइभ भिडियो बनाएर अश्लिल शब्द प्रयोग गरि एकाएक विवादमा तानिएका थिए। मानसिक रुपमा कमजोत भइ कुलतमा फसेको कारण साकारले लगातार फेसबुक लाइभ मार्फत अश्लिल शब्द प्रयोग गरि आफन्तजन देखि सरकार सम्मलाई गालि गलौज गरेका थिए । उनको उपचारको लागि अनेक प्रयास भएतापनि असम्भब भएपछि परिवारले उनलाई नेपाल ल्याएको छ।

साकारकि आमा रोजु अधिकारि आफै अष्ट्रेलिया गएर साकारलाई नेपाल ल्याएकी हुन्। सकारकी आमाले यसअघि पनि सामाजिक संजालमार्फत आफ्नो छोरालाई नेपाल झिकाइदिन सबैमाझमा आग्रह गरेकी थिइन्। पिएनपिखबरसँग कुरा गर्दै रोजुले साकार सामान्य अवस्थामा रहेको बताइन। डिप्रेसनमा हुनुको मुख्य कारण चर्चित र्यापर यम बुद्धको मृत्यु रहेको र कुलतमा फस्नुले गर्दा पनि मानसिक रुपमा कमजोर रहेको उनले बताइन।

साकार अब सामान्य अवस्थामा रहेको र शान्त वातावरणमा बस्न रुचाउने गरेको उनले बताइन। साकारले अष्ट्रेलियामा छदा बाइकमा ८ घण्टा डेलिभरी गर्ने कारण पनि कामको बोझले डिप्रेसन भएको उनले बताइन। सकारको प्रेमिकाको बारेमा भने उनले केहि बताउन चाहिनन ।

साकारले गल्ति गरेको र त्यसको सजाय उसले भोग्ने पर्ने बताउदै रोजुले निकै दुख खेपेर यो अवस्थामा ल्याएको छोरा अब पनि बिग्रियो भने उसलाई त्यागिदिने उनले जिकिर गरिन ।

हेर्नुस भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...