Thursday, November 30, 2017

बुद्ध नेपालमा जन्मेका होइनन् भन्ने दलाई लामालाई चर्चित गायक धिरज राइको कडा चेतावनी [हेर्नुस भिडियो सहित]

केहि समय अघि भारतीय च्यानल जीटीभीले आफ्नो नयाँ सिरियल मार्फत गौतम बुद्ध भारतमा जन्मिएको भनेर प्रस्तुतु गरेको थियो ।सिरियलका निर्माता र कलाकारले भगवान बुद्धको जन्म भारतमा भएको अभिव्यक्त दिएका थिए । सिरियलका निर्माता र कलाकारले तथ्यलाई तोडमोड गर्दै बुद्धको जन्म भारतमा भएको सार्वजनिक अभिव्यक्ति दिए पछि नेपालीहरू आक्रोसित भएका थिए । नेपाल केभुल टेलिभजन एसोसिएसनले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै १ घण्टाको लागि प्रशारण पनि काटेको थियो। पछि नेपालीहरुको बिरोध पश्चात टेलिभजनको वेबसाइटमा राखिएको सिरियलको प्रोमो पनि सच्चाएर बुद्ध नेपालमा नै जन्मिएको हो भनेर सच्चाइएको थियो ।

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ध्रुब सत्य कुरालाई मित्था बनाउन खोज्नु मुर्खता हो तर पनि घरिघरि यो कुरालाई लिएर तहल्का मच्चिरहन्छ । सबैलाई अवगत भएको कुरा हो कि कालोलाई कहिले सेतो भनेर प्रमाणित गर्न सकिदैन त्यस्तै बुद्ध नेपालमा जन्मिएका होइनन् भनेर प्रमाणित गर्न पनि असम्भव छ । हालसालै दलाई लामाले भारतीय नागरिकको अघि बसी नुनको सोझो गर्दै भने बुद्ध भारतमा जन्मिएका हुन् नेपालमा होइन भन्ने अभिव्यक्ति दिएका थिए । हुन त् उनले दिएको यो अभिव्यक्ति गलत थियो भनेर आफै पश्चताप गरि पछि माफी पनि मागिसकेका छन् ।

बिगत आठ बर्ष अघि देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा प्रमाणित गर्न नेपाली पप गाएक धिरज राईले एक अभियान नै सुरु गरेका छन्। उनले ‘बुद्ध ह्वाज बर्न इन नेपाल याण्ड अशोका पिलर इज इट्स प्रुफ ‘ बोलको गीतमार्फत पुरा देशभरि नै बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश फैलाइरहेका छन् । अहिले दलाइ लामा आफैमा एक धर्मगुरुले बुद्ध भारतमा जन्मिएको हो भन्ने अभिव्यक्ति प्रकट गरीरहँदा धिरज लामाले आफ्नो भनाई र उनको गीत मार्फत यो कुरा प्रस्टाउने प्रयास गरेका छन्।

हेर्नुस भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...