Wednesday, November 1, 2017

चेपाङ सरक्षण केन्दं्रलाई खाद्यान्न सहयोग

रत्ननगर,कात्र्तिक,१५ ।
पूर्वी चितवनको रत्ननगर ११ मंगलपुरमा रहेको गामवेसिको चेपाङ सरक्षण केन्दं्रलाई खाद्यान्न सहयोग गरिएको छ । फ्रान्समा रहेको एनसर एसोसिएसन नेपाल, चितवन डे लिल्स ईन्चेन्जेज नामक संस्थाका प्रतिनिधिहरु समाजसेवि भिमलाल आचार्यको अगुवाईमा केन्द्र परिसरमा आई ८४ बोरा चामल सहयोग गरेका हुन् ।

पछिल्लो समय केन्द्रले खाद्यान्न अभाव झेल्दै आएको थियो । सो सहयोगले केन्द्रलाई ठूलो राहत महशुस भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताउनुभयो । केही दिन अधि भिमलाल आचार्यको नेतृत्वमा सो फ्रान्सेली टोली चितवनको बिकट लोथरको स्यामराङ पुगि त्यहाँ रहेको दुमबाङ राप्राविमा अध्ययनरत चेपाङ बालबालिकाहरुलाई स्टेशनरी तथा लत्ता कपडा वितरण गरेको थियो । टोलीले आगामि दिनमा पनि चेपाङ समुदायलाई निरन्तर सहयोग जारी राख्ने समाजसेवि आचार्यले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...