Tuesday, November 28, 2017

अमेरिकामा ईश्वर थापाको नयाँ भिडियो न्यूयोर्कवालीको पहिलो पल्ट ग्रीन–स्क्रिनमा निर्माण

काठमाडौ। एक पछि अर्को गरेर हिट गीतको भिडियो निर्माण तथा निर्देशन गर्न सफल अभिनेता ईश्वर थापाको अर्को नयां गीतको भिडियो अमेरिकामा नै छायाँकन संपन्न भएको छ।

अमेरिकाको न्यूयोर्कको अत्यन्त रमणिय स्थलको अलावा ग्रीन स्क्रीनमा नयाँ गीत न्यूयोर्कवालीको भव्य छायाँकन भएको हो। त्यो पनि नेपाली गीतको भिडियो अमेरिकामा न्यूयोर्कको रमणिय स्थलको साथमा पहिलो पल्ट ग्रीन–स्क्रिनमा भएको निर्देशक ईश्वर थापाले भिजन संसारसंगको कुराकानीमा भनेका छन्।

नेपालका ख्यातिप्राप्त गायिका सपना परियार तथा गायक जगदीश समालको युगल गायन तथा सुरेन्द्र नकर्मीको गीत र ओम कर्माचार्यको संगीत रहेको गीतको भिडियोको जल्दाबल्दा बेजोड छायाँकार पासाङ निमा शेर्पाले छायाँकन गरेका हुन्।

गीतको भिडियोमा अमेरिकामा नै रहेका चर्चित कलाकारहरु प्रवेश उप्रेती पल, पार्वती राई र कृष थापाले बेजोड अभिनय गरेको पनि निर्देशक थापाले बताएका छन्। ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत केही दिनभित्र नै उक्त न्यूयोर्कवाली गीत रिलिज हुने भएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...