Saturday, November 25, 2017

त्रिविमा १४२० जना करारमा दरबन्दी थप्न आयोगद्वारा अस्वीकार

काठमाडौं, मंसिर ९ । त्रिभुवन विश्वविद्यालयले करारमा दरबन्दी थपका लागि मागको सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकलाई करारमा नियुक्तिका लागि एक हजार ४२० दरबन्दी थप गर्न सहमति माग भएको थियो ।

आयोगका निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको शनिबारको बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्था सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...