Saturday, November 25, 2017

निर्वाचनमा अधिकांश स्थानमा वाम गठबन्धनले जित्छ – पूर्वअर्थमन्त्री पाण्डे

रत्ननगर, चितवन, ९ मंसिर  ः पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले ३२ जिल्लामा हुन लागेको पहिलो चरणको निर्वाचनमा अधिकांश स्थानमा वाम गठबन्धनले जित्ने दाबी गर्नुभएको छ ।

उहाँले दुवै चरणको निर्वाचनमा एकाध स्थानबाहेक अन्य सबै स्थानमा वाम गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुहुँदै आज चितवनको रत्ननगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा पाण्डेले मंसिरको अन्तिमतिर वाम गठबन्धनको स्थायी सरकार बन्ने बताउनुभयो ।

चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता पाण्डेले वाम गठबन्धनको सरकारले नै स्थायित्व दिँदै आर्थिक विकास गर्ने उल्लेख गर्नुभयो ।

सो क्रममा चितवन क्षेत्र नं १ प्रदेशसभा (ख) का उम्मेदवार कृष्णप्रसाद खनालले लोकतन्त्रको रक्षाका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको औँल्याउनुभयो ।

समानुपातिक उम्मेदवार कञ्चन खनालले वाम गठबन्धनको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । वाम गठबन्धनका उम्मेदवारले चितवन क्षेत्र नं १ मा थपिएको रत्ननगर नगरपालिकामा चुनावी घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...