Tuesday, November 28, 2017

साँखुलाई अन्तर्राष्ट्रिय रुपमै चिनाउनुपर्छ – नेता नेपाल

काठमाडौ, १२ मंसिर  ः नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ऐतिहासिक नगरीका रुप साँखुलाई प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउनुपर्ने बताउनुभएको छ ।
साँखुमा आज आयोजित चुनावीसभामा उहाँले पर्यटन क्षेत्रको रुपमा यो शहरलाई विकास गर्न लगानीमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।
यहाँको इतिहास, सभ्यता र संस्कृतिको यथोचित संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो – “निर्वाचनपछि यहाँको विकासले गति लिन्छ । साँखुदेखि जहरसिंहपौवा, बलेफी हुँदै सिन्धुपाल्चोकसम्म सडक विस्तार गर्न सकेमा त्यहाँको स्थानीय उत्पादनले बजार पाउँछ र जनता जीवनस्तर माथि उठ्छ ।”
काठमाडाँै क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका नेता नेपालले मुलुकमा स्थिर सरकार बनाउन वाम गठबन्धनको बहुमत आवश्यक रहेको बताउनुभयो ।
लप्सीफेदी, चापाकोट, जहरसिंहपौवालगायतका स्थानमा नेता नेपालले आज घरदैलो गर्दै मतदातासँग मत माग्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...