Tuesday, November 28, 2017

चितवनमा नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्ने क्रम बढ्दो

शिशिर सिंखडा
खोलेसिमल, चितवन, ११ मंसिर ।
चितवन क्षेत्र नं. २ अन्तर्गत कालिका नगरपालिका क्षेत्रमा आयोजित घरदैलो एवम् कोणसभा कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । नेकपा एमालेको जनलहर बढे सँगै पार्टी प्रवेश गर्ने क्रम पनि बढ्दै गएको नेकपा एमालेका सचिवालय सदस्य एवम् कालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मीले बताए । आज आयोजित कार्यक्रममा कालिका वडा नं. ६ डाँडाटोलका नेपाली कांग्रेसका युवा नेता दिल बहादुर तितुङ, कालिका वडा नं. १ सूर्यपुरका महेन्द्र बहादुर सुवेदी सहित दर्जनौ युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त पोख्रेलले टिका र माला लगाई पार्टी प्रवेश गराएका थिए । त्यस्तै कालिका नगरपालिका अन्तर्गत पदमपुर क्षेत्रका अनिल चौधरी, धर्मराज चौधरी, पदम थापा, दिनेश थिङ, गोपाल गुरुङ्ग, बिकरा महतो लगायत २ दर्जन स्थानीय युवाहरु एमाले प्रवेश गरेका थिए । उनीहरुलाई पनि उम्मेदवार पोख्रेलले पार्टीमा स्वागत गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...