Wednesday, November 22, 2017

ऐतिहासिक रामजानकी विवाह महोत्सव आज

जनकपुर, मंसिर ७ । ऐतिहासिक रामजानकी विवाह महोत्सव जनकपुरधाममा हर्षोल्लासका साथ आज मनाईंदै छ ।

प्रत्येक वर्ष मंसीर शुक्ल पञ्चमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

सात दिने महोत्सवको छैठौं दिन आज जनकपुरको जानकी मन्दिरमा बैदिक परम्परा अनुसार राम र सीताबीच विवाह गराइन्छ ।

जानकी मन्दिरबाट निस्केको सीताको डोली र राममन्दिरबाट निस्केको रामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयंवर गर्ने चलन छ ।

पवित्र सरोवर गंगासागर, धनुषसागरसहितका जलाशयमा स्नान गरी राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको विहानैदेखि भीड लागेको छ ।

सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झने चलन छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...