Wednesday, November 29, 2017

चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ, १३ मंसिर  ः चिकित्सा शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने विषयमा प्राध्यापक तथा चिकित्सकले छलफल गर्ने भएका छन् ।

नेपाल स्वास्थ्य व्यावासायिक शिक्षाविद् संघको काठमाडौँमा यही मंसिर १७ र १८ गते हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनमा स्वास्थ्य व्यवसायीलाई प्रभावकारी वार्तालाप गर्न कसरी सिकाउने भन्ने विषयमा हुने बताइएको छ ।

आज पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष प्रा डा शेखरबाबु रिजालले सबै खाले स्वास्थ्यकर्मीको अन्तिम लक्ष्य सेवा नै भएकाले कसरी गुणस्तरीय सेवा दिने भन्ने कुरा क्याम्पसमा नै सिकाइनुपर्ने बताउनुभयो ।

प्रा डा हिमान दीक्षितले सबै चिकित्सक प्राध्यापक हुन सक्ने भन्दै चिकित्सक र शिक्षक हुुनु फरक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षक हुनका लागि सबै गुण आवश्यक छ, उसले अरु विद्यार्थीले कसरी सेवा गर्ने, कसरी बिरामीसँग वार्तालाप गर्ने भन्ने कुरा राम्रोसँग सिकाउन सक्ने हुनुपर्छ ।”

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा जगदीशचन्द्र अग्रवालले संघको मुख्य लक्ष्य नेपालको स्नातक, स्नाकोत्तर र विद्यावारिधि स्वास्थ्य व्यावसायिक शिक्षामा गुणस्तर कायम गर्नुभएको बताउनुभयो ।

स्वास्थ्य व्यावसायिक शिक्षालाई गुणस्तरीय बनाउँदै यस्तो शिक्षा सञ्चालन गर्ने क्याम्पस, कलेज र इन्ष्टिच्युटलाई समेत छलफल गर्दै उत्प्रेरकको भूमिका खेल्ने उद्देश्यले विसं २०७२ सालमा स्वास्थ्य व्यावसायिक शिक्षाविद् संघको स्थापना भएको थियो ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...